सडकमा थियो एक खुला सुटकेस, खोलेर हेर्दा भेटियो शव

गोर्खाली खबर

जब समाजमा अराजकता बढ्छ, ब्यक्तिहरुले अनाहकमा दुख पाउने गर्छन् । यस्तै घटना भारतमा भएको छ । त्यहाँको हैदराबाद शहरबाट एउटा अचम्मको खबर आएको छ ।

त्यहाँ एक व्यक्तिको शव सडकमा फेला परेको सूटकेसमा भेटिएको छ । पुलिसले अनुसन्धानमा उसको पहिचान गरेको छ ।

हैदराबादको राजेन्द्र नगर स्थित डेरी फार्म रोड नजिकै त्यसै छोडिएको सुटकेस थियो । कसैले दावी नगरेपछि प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए ।

जब पुलिस घटनास्थलमा पुगे, सूटकेस भित्र एक व्यक्तिको शव भेटियो । कसको शव हो भनेर थप अनुसन्धानका लागि प्रहरीले खोजी गरेको छ । उनको नाम रियाज भएको र उक्त युवक चन्द्रयानगरको निवासी भएको प्रहरीले जनाएको छ ।

हैदराबाद पुलिसले यो सम्पूर्ण घटनाको कारण र यसमा लागेका मानिसको खोजी गर्न सुरु गर्यो । त्यस्तै घटना शुक्रबार हैदराबाद एयरपोर्ट नजिकै देखिएको थियो, जहाँ पुलिसले एक महिलाको शव फेला पारेका थिए ।

यो जानकारी पुलिसलाई त्यहाँबाट आएका मानिसहरूले दिएका थिए । यस घटनामा पनि पुलिसले एफआईआर दर्ता गरेको छ र एयरपोर्टको सीसीटीभी फुटेज खोजीमा संलग्न छ ।

थाहा भए अनुसार केटीको शव जलेको अवस्थामा थियो र घटनाको पछाडि कसको हात छ भन्ने थाहा भै सकेको छैन ।

प्रतिक्रिया दिनुहोस