रबि लामिछाने भन्छन परे अदालत जान्छु | News 24 भन्छ कुनै हालतमा सिधा कुरा छोर्डिन, च र्कियो द्व न्द्व (भिडियो हेर्नुस् )

गोर्खाली खबर

निकै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज २४ सँगको करिब पाँचवर्षे सहकार्य टुङ्ग्याएसँगै कपिराइटको विवाद उब्जेको हो ।

रविले ‘सिधा कुरा’ केही समयको विश्रामपछि नयाँ सोच र स्वरुपमा आफूले पुनः सञ्चालन गर्ने टेलिभिजन स्क्रिनबाटै घोषणा गरेका थिए । उनले फेरि छिट्टै आउने भन्दै शनिवार सामाजिक सञ्जालबाट ‘सिधा कुरा’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।

उता, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ ।

‘रविजी कार्यक्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भने, ‘नियमित तालिकाअनुसार कार्यक्रम प्रसारण हुन्छ, रोकिन्न ।’ भिडियो सहित:

प्रतिक्रिया दिनुहोस