विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका युवा ७ महिनासम्म कोमामा थिए, होस आउनासाथ पक्राउ !

गोर्खाली खबर

काठमाडौं। ७ महिनाअघि कोमामा पुगेर अहिलेसम्म अस्पतालमा रहेका एक युवक होस आउनासाथ पक्राउ परेका छन् । अस्ट्रेलियामा पक्राउ परेका २१ वर्षका यी युवकमाथि आफ्नी गर्लफ्रेण्डको हत्या गरेको आरोप लगाइएको छ ।

उनी स्वयं पनि त्यस रात भवनको चौथो तलाबाट खसेका थिए । उचाइबाट खसेपछि घाइते भएका उनी कोमामा पुगेका थिए । विगत ७ महिनादेखि उनी कोमामा थिए र अस्पतालमा उनको उपचार भइरहेको थियो ।एबीसी न्यूज अस्ट्रेलियाका अनुसार वेइजी हे नामका यी युवक सिड्नीमा बस्दै आएका थिए ।

गएको जूनमा उनी आफू बस्ने अपार्टमेन्टको चौथो तलाको बाल्कोनीबाट खसेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो र उनी ७ महिनादेखि कोमामा थिए । भोलिपल्ट उनको अपार्टमेन्टमा पुग्दा पुलिसले १९ वर्षकी युवतीलाई मृत अवस्थामा फेला पारेको थियो ।

पुलिसका अनुसार ती युवतीलाई कुटीकुटी मारिएको थियो । हेको हकमा भने उनी जानेर हाम्फालेका हुन् वा झुक्किएर खसेका हुन् भन्ने स्पष्ट थिएन ।डिटेक्टिभ इन्स्पेक्टर रोबर्ट एलिसनका अनुसार प्रत्यक्षदर्शीले उनी चौथो तलाको सार्वजनिक र कमन क्षेत्रबाट खसेका थिए ।

एलिसनका अनुसार ती युवक निकै सौभाग्यशाली भएकोले बचेका थिए किनकि यति उचाइबाट खसेका धेरैजसो बाँच्न सक्दैनन् । रिपोर्टका अनुसार मृत युवतीका परिवार निकै शोकमा छन् किनकि अस्ट्रेलियामा कोरोना गाइडलाइनका कारण परिवार छोरीको अन्तिम संस्कारमा पनि सहभागी हुन पाएनन् ।

मृतक युवती र आरोपी युवक दुवै चीनका नागरिक थिए र २ वर्षदेखि अस्ट्रेलिया साथमा बस्थे । दुवै विद्यार्थी भिसामा पढ्नका लागि अस्ट्रेलिया गएका थिए ।
source-dcnepal.com

प्रतिक्रिया दिनुहोस