लाखौंको सोच एक क्लिकमा परिवर्तन गरिदिने यो फोटोको सन्देश यस्तो छ :

गोर्खाली खबर

एजेन्सी । मानिसको सोच परिवर्तन गर्न त्यति सहज छैन । तर भनिन्छ जब सोच बदलिन्छ मानिसको जीवन एउटा सानो कुराले पनि परिवर्तन हुनसक्छ। हो यस्तै भएको छ टर्कीमा, जहाँ एउटा फोटोकै कारण लाखौ मानिसको सोच बदलिएको छ । पहिलो विश्वयुद्धका बेला १९१५ मा दुई गोली टर्कीको गुल्लीपाली पार्कमा भेटिएका थिए । जुन गोलि हेर्नको लागि लाखौ मानिसहरु टर्कीको संग्रहालयमा पुग्ने गर्छन । फोटोमा हेर्दा यी एक गोलीले अर्को गोली छेडेको देखिन्छ। हो यस्तै अवस्थामा बालबालिकाहरुले खेल्दै गर्दा भेट्टाएका थिए ।

यस्तो छ यो फोटोको सन्देश
जसले अरुको लागि खाल्डो खन्छ ऊ त्यही खाल्डोमा पर्छ । यी २ गोली पनि कसैलाई मार्नको लागि चलाइएका थिए तर यी दुवै गोलीले कसैलाई मार्न सकेनन् बरु आफै एक–आपसमा ठोक्किए । बन्दुकबाट निस्केको गोली र मुखबाट निस्केको बोली कहिल्यै फर्कदैन । हो यस्तै बन्दुकबाट निस्किएको गोलीलाई थाहा हुँदैन कि उसले कसको हत्या गर्दैछ ।

त्यस्तै मुखबाट निस्किएको बोलीलाई पनि थाहा हुदैन कि उसले कुन नाताको हत्या गर्दैछ । मान्छेको बोलीकै कारण धेरै सम्बन्ध बिग्रिएको हुन्छ । कसैको क्षतिको लागि बनाइएको कुनै पनि चीजले कसैको भलो गर्दैनन् । यिनीहरुले अरुको त के आफ्नो पनि भलो गर्न सक्दैनन् । त्यस्तै यो फोटोबाट गोलीले गोलीको पनि भलो गर्न सकेन भन्ने संदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस