गन्हाएको मोजा सुँघ्न यति मन पर्दथ्यो कि जसले फोक्सोको संक्रमण नै भयो कारण यस्तो पत्ता लाग्यो

गोर्खाली खबर

एजेन्सी । चीनका एक व्यक्तिलाई फोक्सोमा गम्भीर संक्रमणका कारण अस्पताल भर्ना गरिएको छ । उनलाई यो रोग गन्हाएको मोजा सुँघेका कारण लागेको हो । पेङ्ग थर भएका ३७ वर्षे एक व्यक्ति बारम्बार खोकी लागेपछि र छाती दुखेपछि चीनको फुजियान प्रान्तस्थित ९०९ अस्पताल पुगे ।

एक्स रे गरेपछि थाहा भयो कि उनलाई फोक्सोमा गम्भीर संक्रमण भएको छ । मोजा र जुत्तामा पाइने ब्याक्टेरियाका कारण उनलाई यस्तो संक्रमण भएको परीक्षणपश्चात् पत्ता लाग्यो । डाक्टरहरुले प्रश्न सोधेपछि उनले अफिसबाट फर्किएपछि दिनदिनै गन्हाउने मोजा सुँघ्ने गरेको स्विकारे ।

आफूले लगाएको गन्हाउने मोजा मज्जाले सुँघ्ने भएकाले उनको मोजाको फङ्गस फोक्सोसम्म पुगेको डाक्टरले जानकारी दिएका छन् । यद्यपी, यस्तो संक्रमण निकै दुर्लभ भएको डाक्टरले बताए । ती व्यक्तिको रोग प्रतिरोधी क्षमता निकै कमजोर भएकाले पनि उनलाई यस्तो भएको हुनसक्ने डाक्टरले आशंका गरे ।

काममा जानुपर्ने, बच्चाको हेरबिचारका लागि राती पटकपटक उठ्नुपर्ने बाध्यताले पेङ्ग पछिल्लो समय अत्यधिक तनावमा हुने गरेको अडिटी सेन्ट्रलले बताएको छ । ‘बिरामीले घरमा आराम गर्ने समय नपाएका कारण उनको रोग प्रतिरोधी क्षमता कमजोर भएकाले पनि उनलाई यस्तो रोग लागेको हुनसक्छ,’ डा. माई झुयानयिङले बताए ।

संक्रमणको पहिलो चरणमा नै अस्पताल गएकाले डाक्टरले उनको सही उपचार गर्न सकिने बताएका छन् । ‘उनी पूर्ण रुपमा ठिक हुनसक्छन्,’ डाक्टरले भने ।

प्रतिक्रिया दिनुहोस