पुरै शरीरमा ट्याटू बनाएर ब्ल्याक एलियन बनेका यी मानिसमा जब देखा पर्यो यस्तो समस्या

गोर्खाली खबर

काठमाडौं । फ्रान्सका एक व्यक्ति शरीरभर ट्याटू बनाएर ब्ल्याक एलियन बनेका छन् । उनले आफ्नो शरीर ट्रान्सफर्मेशनका लागि विभिन्न प्रकारका अनौठा हर्कत गरिसकेका छन् । जसमा आफ्नो आँखाको परेलामा पनि उनले ट्याटू बनाएका छन् । उनले नाक र अपर लिपमा पनि ट्याटू खोपेका छन् ।

३२ वर्षको एन्थनी लोफ्रेडो सोसल मिडियामा ब्ल्याक एलियनका नामले लोकप्रिय छन् । उनले स्पेन गएर आफ्नो नाक हटाएका छन् । किनभने फ्रान्समा यो गै’र का’नूनी छ ।

यो पनि , कोरोना भ्याक्सिन लगाउन आएका युवाले जब पुरुष नर्सलाई प्रपोज गरे

अमेरिकामा कोरोनाको भ्याक्सिन लगाउन आएका एक युवकले पुरुष नर्सलाई सरप्राइज दिएका छन् । ३१ वर्षका चिकित्सा–सहायक रबी वर्गस कार्टेस र व्यावसायिक रुपमा नर्सको रुपमा कार्यरत एरिक वर्डेरली पाँच वर्षदेखि सम्बन्धमा थिए । कार्टेसले भ्याक्सिन लगाउनु टिक अघि वर्ठेरलीलाई भ्याक्सिनेस सेन्टरमा नै विवाहको प्रस्ताव राखे । सोसल मिडियामा यो समलिङ्गी जोडीको प्रपोजल भिडियो चर्चाको विषय बनेको छ ।

हालै, कार्टिसले अमेरिकाको साउथ डकोटाको एक अस्पतालमा भ्याक्सिन लगाउनका लागि अपोइन्टमेन्ट पाएका थिए । उनलाई थाहा थियो कि उनका प्रेमीले पनि भ्याक्सिन लगाउने काम गरिरहेका छन् । त्यसैले उनले भ्याक्सिनेसनको दिनमा नै प्रेमीलाई सरप्राइज दिने निर्णय गरे ।

सीएनएनको रिपोर्ट अनुसार पुरुष नर्स एरिक वर्डेरलीलाई उनका प्रेमी भ्याक्सिनेसन सेन्टरमा भएको र उनलाई प्रस्ताव राख्ने तयारीमा भएको बारे सुइँको पनि थिएन । वर्डेरलीले प्रेमीले प्रस्ताव राख्ने बित्तिकै विवाहका लागि तुरुन्त हुन्छ भनिदिए । त्यसपछि वर्डेरली आफैंले कार्टेसलाई कोरोनाको खोप लगाइदिए ।

प्रतिक्रिया दिनुहोस