१० वर्षीय बालक एक दुर्लभ स्वास्थ्य समस्यासँग जुध्दैछन्।

गोर्खाली खबर

रतका एक १० वर्षीय बालक एक दुर्लभ स्वास्थ्य समस्यासँग जुध्दैछन्। हरेक महिना नयाँ छाला पलाउने समस्याका कारण उनी एक ‘मानव साँप’ जस्तै भएका छन्।जगन्नाथ भनेर चिनिने यी बालक दुर्लभ आनुवंशिक छालाको समस्याबाट ग्रसित छन्। बताइएअनुसार, जगन्नाथलाई लेमेलर इचिथियोसिस नामक स्वास्थ्य समस्या छ।

लेमेलर इचिथियोसिसले छालाको विकास छिटो हुने, छाला सुख्खा हुने, छाला झर्ने र नयाँ छाला पलाउने हुन्छ। यस समस्याले जगन्नाथले एक सर्प जस्तै भएका छन्।

यो पनिपढ़नु होस:५५ लाख रुपैयाँ लगानीमा कुवेतमा खुल्यो नेपाली म:म हाउस
फर्वानिया– वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित अल अरबेत प्लाजाको ग्रान्ड हाइपर मार्केट भित्र नेपाली म:म हाउस नामक रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।

विगत लामो समयदेखि कुवेतमा रहेर थुप्रै व्यावसायिक अनुभव बटुलिसकेका तीन नेपाली युवा अमृत तामाङ(पोखरा), सन्तोष तामाङ(मोरङ) र सुमन लिम्बु (काठमाडौँ)को सयुक्त लगानीमा नेपाली म:म हाउस सञ्चालनमा ल्याइएको हो।

म:म हाउसको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भन्डारीले दिप प्रज्वलन गर्दै रिबन तथा केक काटेर उद्घाटन गरेको सञ्चालक मध्येका एक अमृत तामाङले खबरहबलाई जानकारी दिए ।

उद्घाटन समारोहमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमीत चाम्लिङ राई, महासचिव दिलकुमार पाख्रीन, आदिवासी जनजाती महासंघ कुवेतका महासचिव मन्जित राई, तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा, चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

नेपाली ५५ लाख रुपैयाँ बढीको लागतमा नेपाली म:म हाउस सञ्चालनमा ल्याईएको सञ्चालक तामाङले बताए । नेपाली समुदायलाई लक्षित गरेर खोलिएको उक्त म:म हाउसमार्फत नेपाली स्वाद लिन चाहने सबैलाई अधिकतम सेवा सुबिधा दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस