१४० सर्प पालेकी महिलाको शव अजिङ्गरमा बेरिएको अवस्थामा मृत फेला, अजिंगरले बेरेर मारेको हुन् सक्ने आशंका

अमेरिकामा एक महिलाको शव अजिङ्गरमा लटपटिएको अवस्थामा फेला परेको छ। उक्त अजिङ्गर ८ फिट लामो थियो। सबैभन्दा अचम्म लाग्ने कुरा त यो छ की, मृत फेला परेकी महिलाले आफ्नै घरमा करिब १४० वटा सर्प पालेर राखेकी थिइन्।

घटना अमेरिकाको इंडियाना स्टेटको हो। त्यहाँकी ३६ वर्षीय लोरा हस्र्ट नामकी महिलालाई सर्प पाल्ने निकै शोख थियो। तर अचानक महिलाका छिमेकीले बुधबार लोराको शव देखे। त्यसपछि उनीहरुले तत्काल प्रहरीलाई खबर गरे।

द गार्जियलको एक रिर्पोट अनुसार महिलाका छिमेकी शरिफ मुनसनसँग कयौँ प्रजातिका सर्प छन्। लोराले पनि आफ्ना घरमा त्यसरीनै सर्प पालेकी थिइन्।लोराको शरीरमा लटपटिएको सर्प छिमेकी शेरिफको होे। जुन महिलाको घरमा पसेको थियो।

प्रहरी घटनास्थलमा पुग्दा लोराको शब जमिनमा थियो भने उनको घाँटीमा ८ फिटको अजिङ्गर बेरीएको थियो। सम्बन्धित अधिकारीले अजिङ्गरलाई लोराको घाँटीबाट निकालेर शवलाई पोस्मार्टमका लागि पठाएका छन्। उनको मृत्यु कसरी भयो भन्ने बारे भने अझै पत्ता लागेको छैन्।

प्रतिक्रिया दिनुहोस