१५ सय वर्ष अघि पनि मानिसहरुले लगाउँथे यस्ता फेशनएवल जुत्ता

गोर्खाली खबर

एजेन्सी । के १५ सय वर्ष अघि पनि मानिसहरुले फेशनएवल जुत्ता लगाउँथे रु केही दिन अघि मंगोलीयामा भेटीएको यो तस्विर पछि यो प्रश्न यत्रतत्र बहशको विषय बन्न पुगेको छ

यो डिजाइन आधुनिक युगमा संसारभर मशहूर ब्राण्डबाट उत्पादन भइरहेको डेलीमेलले जनाएको छ । यो जुत्ता मंगोलीयाको अल्ताई माउन्टेनमा केही हप्ता पहिला पुरातत्वविदहरुले फेला पारेका हुन् ।

ममी नाम गरेकी एक महिलाले उक्त समयमा पनि यस्तो अनौठो जुत्ता लगाउने गरेको तथ्य उनीहरुले पत्ता लगाएका छन् । खोव्द संग्रहालयका विशेषज्ञहरुका अनुसार ममीका साथमा एक घोडा, काठी, लगाम, माटाका भाँडा, लट्ठीको टोकरी लगायतका सामग्राीहरु फेला परेका छन् ।

यो पनिपढ़नु होस:चिसोले कुर्कुचा फुटेको छ ? यसरी प्रयोग गर्नुहोस् केराको बोक्रा

के तपाईलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स हुन्छन् ? यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ।केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईका लागि प्रयोग गर्न सकिन्छ। जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग बारे

१. डार्क सर्कल हटाउन: आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ।

२. पहेलोपन हटाउन: केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ।

३. जुत्ता चम्काउँन: केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ(चिम्किन्छ)।

४. डन्डिफोर हटाउन: केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ।

५. विरुवा बढ्छ : केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ।

६. स्क्र्याच हट्छ : सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस्।

७. सजिलै सफा गर्न : चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ।

८. छिटो पाक्छ मासु : मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस्। मासुलाई चाँडै पकाउँन मद्दत गर्छ।

९. कुर्कुचा फुटेको : केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ।

प्रतिक्रिया दिनुहोस