चर्चामा आउन आमिर खानकी छोरीको यस्तो हर्कत

गोर्खाली खबर

मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले पनि चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् ।

पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् ।इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ ।

इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म

यो पनिपढ़नु होस:श्रीमान्–श्रीमतीबीच हुने झगडाका फाइदाहरु

काठमाडौँ, हाम्रो समाजमा एउटा उखान चलन चल्तीमा छ, ‘श्रीमान श्रीमतीको झगडा परालको आगो।’ श्रीमान श्रीमतीविच बेलाबेला झगडा हुन्छ र त्यो केहि समयपछि समाधान पनि हुन्छ । एउटै छानामुनि जिन्दगी बिताउनु पर्ने व्यक्तिका विच धेरै समयसम्म मुडभेड हुनु सम्बन्धका हिसाबले पनि राम्रो हुँदैन।

एक अध्ययनले श्रीमान् श्रीमतीविच बेला बेला झगडा हुनाले सम्बन्ध अझै मझबुद हुने बताएको छ । झगडाको दौरानमा हातपात गर्ने वा गालीगलौज गर्नेहरु यस दर्जामा पर्दैनन् । पति पत्नी बीच हुने सामान्य झगडाले जोडीलाई एकअर्काको भावना र मान्यता बुझ्न मद्दत गर्छ ।

त्यसैले सातामा एकपटकसम्म हुने झगडाले श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्छ भन्ने प्रष्ट्याउँछ । श्रीमान्–श्रीमतीबीच हुने झगडाका फाइदाहरु के के छन् त आउनुहोस जानौ :

१. यदि श्रीमान्–श्रीमतीबीच सामान्य झगडा हुन्छ भने पक्कै पनि त्यो सम्बन्ध लामो समय टिक्ने हुनेछ । यस्तो झगडामा मनमा रहेका कुराहरु खोतलिन्छ र एक अर्काको चित्त दुखाईको कारण बुझ्न सहज हुन्छ ।

२. कसैलाई आफ्नो पार्टनरको कुनै बानी मन पर्दैन भने त्यसलाई त्यतिकै छाड्नुभन्दा भनेर त्यसको समाधान गर्नु उत्तम हुन्छ । जसका लागि सामान्य झगडाले पनि दुबै बीचको नराम्रो बानी बाहिर आउँछ र सुधार्ने मौका मिल्छ ।

३. श्रीमान्–श्रीमतीबीच झगडा हुनुको अर्थ हो, दुबै एकअर्काप्रति बफादार छन् । उनीहरुको प्रेममा कुनै स्वार्थ छैन, स्वार्थ छ त केवल लडेर भए पनि सँगै बस्ने । त्यसैले श्रीमान्–श्रीमतीबीचको झगडा परालको आगो जस्तै सम्झिनुपर्छ ।

३. कतिपय समयमा केही कारणले बोलचाल बन्द भएमा श्रीमान्–श्रीमतीबीच हुने झगडाले सबन्धमा नजिकपना ल्याउँछ । झगडाको कारणले नै बोलचाल खुल्छ र दुबैबीच पुनः पुरानो सम्बन्ध फर्किन्छ । यसले दुई बीच अपनत्व र विश्वाससमेत बढाउँछ ।

४. वैज्ञानिकका अनुसार स्वस्थ सम्बन्धको एक कारक बहस वा झगडा पनि हो । त्यसैले झगडा हुँदैमा दुई बीचको सम्बन्ध खराब छ भन्न मिल्दैन । बरु कहिल्यै झगडा वा विवाद नगर्ने जोडीको सम्बन्ध धरापमा पर्ने गर्दछ ।

५. श्रीमान्–श्रीमती बीच हुने झगडामा कोही स्थायी शत्रु हुँदैनन् । त्यसैले यसमा हुने जीत वा हारले ठूलो महत्व राख्दैन । बरु झगडाका क्रममा माफी माग्ने पार्टनरले जीत हासिल गर्दछन् किनकी यसले उसको पार्टनरमा खुसी तुल्याउँछ ।

६. श्रीमान्–श्रीमती बीच हुने झगडाले मानिस आफ्नो पार्टनरप्रति कति बफदार वा केयर गर्छ भन्ने थाहा पाउन सकिन्छ । यसमा पार्टनरले हातपात गर्छ कि, गालीगलौज गर्छ त्यसबारे समेत जानकारी पाउन सकिन्छ । यो स्थितिले आफ्नो पार्टनर कतिको सही छ, त्यसको मुल्याङ्कन गर्नेसमेत अवसर मिल्छ ।

७. कुनै पनि सम्बन्धमा सहज वातावरण हुँदैन । यसमा निजी विचारले प्रवेश पाउँछ तर निजी विचार जबरजस्ती थोपर्नु हुँदैन । केही महत्वपूर्ण कुरा छ भने पार्टनरलाई त्यसबारे जानकारी गराउनु पर्छ । यस्तोमा हुने झगडाले कहिलेकाही एकअर्कालाई नै फाइदा पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस