शा’ रीरिक स म्बन्ध राख्न चाहेमा पुलिस र सम्बन्धित महिलालाई २४ घण्टा पहिल्यै सूचना दिनुपर्ने

गोर्खाली खबर

३९ वर्षका एक युवकले कुनै महिलासँग शा रीरिक स म्बन्ध राख्न चाहेमा २४ घण्टा पहिल्यै पुलिस र सम्बन्धित महिलालाई आफ्नो चाहनासहित सूचना दिनुपर्नेछ । बेलायतको एक अदालतले यस्तो आदेश दिएको हो । अदालतले ती युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुरा गर्न पनि प्र तिबन्ध लगाएको छ ।

३९ वर्षका युवक डीन डायरमाथि यौ न हिं साका कैयौं आ रोप लागेका छन् र मु द्दा चलिरहेको छ । एक महिलले डायरमाथि पार्टीका क्रममा गलत तरिकाले छोएको र वि रोध गर्दा क’ रणी गर्ने ध म्की दिएको आ रोप लगाएकी छिन् । यद्यवि अहिलेसम्म डायर कुनै पनि यौ न अ पराधको लागि दो’ षी भने ठहर भएका छैनन् ।

डेलीमेलको रिपोर्टअनुसार अदालतले युवकविरुद्ध लगाइएका आ रो पहरु सुनेपछि उनीविरुद्ध ‘से क्सु अ ल रि स्ट्रेन्ट अर्डर’ जारी गरेको हो । युवकविरुद्ध १४ वर्षकी एक किशोरीसँग शा रीरिक स म्बन्ध राख्ने प्रयाससहित यौ न अ पराधसँग सम्बन्धित ७ आ रोप छन् ।

बेलायतको वेस्टमिन्स्टर मजिस्ट्रेट कोर्टले दैनिक कामकाजको सिलसिलामा युवकले ती महिलासँग मात्र कुरा गर्न पाउने भनेको छ जोसँग कुरा नै नगर्न सम्भव छैन । बेलायतमा से क्सुअ ल रि स्ट्रेन्ट अर्डर एक सिभिल अर्डर हो । यो आदेश ती व्यक्तिहरुविरुद्ध जारी गरिन्छ जो दो षी ठहर भएका हुँदैनन् तर जसबाट समाजलाई ख तरा हुन सक्ने मानिन्छ ।

यो पनि पढ्नुहोस्, अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन

बलेवा, १४ माघ (रासस) ‘विश्वभरिका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ । काठेखोला गाउँपालिका–५ र ६ (साबिक बिहुँ गाविस)बाट संसारभरि रहेका बिहुँकोटेको भेलाले मञ्च गठन गरेको हो ।

गत जनवरी २४ मा सम्पन्न भेलाले पोर्चुगलमा रहेका गङ्गाराम कँडेलको अध्यक्ष रहेको मञ्च गठन गरेको छ । बिहुँबाट विश्वभर छरिएका सबैलाई एउटै मञ्चमा जम्मा गरेर बिहुँकोटको चौतर्फी विकासमा सहयोग गर्ने उद्देश्यले सङ्गठित भएको अध्यक्ष कँडेलले बताउनुभयो । समितिलाई २०१ सदस्यीय वा आवश्यक परेमा थपघटसमेत गर्न सक्ने गरी प्रक्रिया अगाडि बढाउने मञ्चले जनाएको छ ।

बिहुँको दीर्घकालीन विकासमा योगदान दिन सक्ने सामाजिक व्यक्तित्वहरुलाई सो मञ्चमा जोड्न थालिएको कँडेलले बताउनुभयो । साबिकको बिहुँकोट क्षेत्रलाई नेपालकै नमूना पर्यटकीय शहरका रुपमा विकास गर्ने, यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सबै वर्ग, लिङ्ग, जात, धर्म, विचार र चिन्तनमा बाँधिएका बिहुँकोटे समेटेर अघि बढ्ने मञ्चले जनाएको छ ।

मञ्चको उपाध्यक्षमा गोविन्दप्रसाद कँडेल (जापान), देवराज कँडेल (अमेरिका), हिमबहादुर क्षेत्री (जापान), गङ्गा शर्मा (क्यानडा), टीकाराम कँडेल (जापान), रामप्रसाद कँडेल (बेलायत) र फुलप्रसाद कँडेल (बेलायत) रहनुभएको छ । महासचिवमा पशुपति कँडेल (अमेरिका), सचिवमा केशव रिजाल (स्पेन), भीम कँडेल (जापान), पूर्ण कँडेल (जापान) र केशव कँडेल (बेलायत) चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस