धनुषामा झगडा हुँदा पेटमै गर्भ तुहाइदिएकी एक महिला प्रहरीको फन्दामा

गोर्खाली खबर

धनुषामा गर्भपतन तुहाएको मुद्दामा फरार भएका एकजना प्रतिवादी पक्राउ परेको छ ।विदेह नगरपालिका– १ (साबिक गाविस ठाढीझिझा वडा नं. ३) बस्ने ईशा साहको अन्दाजी ३२ बर्षिय श्रीमति सुनिता खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गर्भ तुहाइदिएको भन्दै स्थानीय जरिना खातुनको जाहेरीले सुनिता खातुनलाई फरार भएको झण्डै ६ बर्षछि उनलाई आइतवार पक्राउ गरिएको हो ।
जरिना खातुन र सुनिता खातुनबीच झगडा हुँदा गर्भ तुहिएको थियो ।

२०७२ साल असार २१ गतेमा जिल्ला अदालत धनुषाले सुनिता खातुनलाई १ महिना कैद सजाए फैसला गरेको थियो ।जरिना खातुन र सुनिताको झगडा पर्दा जरिना गर्भवति थिइन, पेटमा हान्दा हान्दै उनको बच्चा पेटमै मरेको प्रहरीको भनाइ छ ।

बच्चा पेटमै मरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरी अनुसार प्रहरीले मुद्दा दायर गरेको थियो ।अदालतले गर्भपतन मुद्दामा १ महिना कैद सजाय तोकियो तर सुनिता झगडा गरी फरार भएकी थिइन् । उनलाई पुनः अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस