धेरै तेजिलो दिमाग हुन्छ यि राशिहुने मानिसहरूको,हेर्नुहोस तपाई कुन राशि?

गोर्खाली खबर

ज्योतिषमा जम्मा १२ वटा राशि बताइएको छ। राशिअनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ।त्यसैगरी शरीरको बनोट, अनुहारको आकर्षण, कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ।

आज हामी तपाईलाई वृश्चिकको स्वभाव तथा भाग्यका बारेमा जानकारी दिदैछौँ।कस्ता हुन्छन् वृश्चिक राशिका व्यक्ति ?-नामको सुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू बाट आउने व्यक्तिको राशि वृश्चिक हुने गर्दछ।

-वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ । यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ।-यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्कीय आकर्षण हुन्छ।

-यिनीहरूको कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ। यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन्।-यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ। यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन। यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन्।

-वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् अर्थात् यिनीहरूले कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन्। यद्यपि यिनीहरू उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन्।

 

प्रतिक्रिया दिनुहोस