बेहुलाको पैसावाट ८ लाखको किनमेल त्यसपछि बेहुली फरार

गोर्खाली खबर

एजेन्सी । आजकल विवाह भन्दा अघि नै बेहुला बेहुलीले संगै सामान किनमेल गर्ने प्रचलन छ । यस्तै प्रचलनका कारण वेहुलाको पैसावाट ६ लाख रुपैयाको किनमेल र अन्य खर्च २ लाख लिएर वेहुली फरार भएकी छन् ।

हुनेवाली बेहुली आफ्नो ६ लाख खर्च गराएर सम्पर्क विहिन भएपछि बेहुला प्रहरीको सहयोग लिन पुगेका छन् । यो घटना भारत लखनउको हो । विवाह सम्बन्धी अनलाईन एप मार्फत उनीहरुको भेट गराइएको थियो । मनोज अग्रवाल नाम गरेका युवकले मेट्रोमोनियल वेबसाइट मार्फत बेहुलीसंग सम्पर्क गरेका थिए ।

आफ्नो विवाहका लागि उनले सादी डट कम भन्ने वेभसाइटमा सबै जानकारी राखेका थिए । १५ अगस्तमा प्रियंका नाम गरेकी युवती उनको सम्पर्कमा आइन् । विहारमा स्थायी घर बताएकी ति बेहुलीले आफ्ना बुवा आमाको निधन भइसकेको बताएकी थिइन् । आफ्नो सानीआमासंग दिल्लीमा बसेर पढ्दै गरेको भनेर युवकलाई बताएकी थिइन् ।

युवकको आमाबुवा र प्रियंकाले सानीमा भनेर चिनाएकी महिलासंग उनीहरुको कुराकानी भयो । विवाहको सहमति भयो । आफुले माथिल्लो तहमा पढ्दै गरेको र त्यसका लागि पैसा चाहिएको भन्दै युवतीले मनोजसंग पैसा माग्न थालिन् । उनले लगातार पैसा दिइराखे । यसरी उनले हुनेवाली वेहुली भनेर ६ लाख रुपैया दिए । विवाहका लागि भनेर उनीहरुले किनमेल पनि गरे । मनोजले घर बनाउन भनेर जम्मा गरेको पैसा युवतीलाई दिएका थिए ।

विवाहको मिति नजिक आएपछि युवक आफ्नो हुनेवाला श्रीमतीलाई भेट्न लखनउ पुगे । उनले युवती बसेको फ्ल्याटको भाडा पनि आफै तिरे । आफै लगेर प्रियंकालाई २ लाख रुपैयाको किनमेल पनि गरिदिए । त्यसपछि प्रयंकाले मनोजलाई आफ्नै फ्ल्याटमा छोडेर आफु हैदरावाद जाने काम परेको छ भन्दै त्यहाँवाट हिडिन् । त्यस पछि सम्पर्कमा नआएको युवकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस