२० वर्ष पार गरेपछि महिलामा आउँछ यस्ता ५ परिवर्तन !

गोर्खाली खबर

महिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे परिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकित्सकहरुको सुझाव छ ।

२० वर्ष पार गरेपछि महिलामा आउने ५ परिवर्तन हर्मोनको असन्तुलन बढ्दै जान्छ । जसका कारण महिनावारीमा समस्या उत्पन्न हुन सक्छ । फलफूल र सब्जीमा प्रशस्तमात्रामा आइरन, भिटामिन, मिनरल्स पाइन्छ । महिनावारीमा समस्या समाधानका लागि प्रशस्तमात्रामा फलफूल र हरियो सब्जी खानुपर्ने हुन्छ ।

उमेरमा परिवर्तनसँगै महिलामा देखिने अर्को परिवर्तन कपाल (रौं) हो । महिलाको गुप्तांग, छाती र पेटमा अस्वाभाविक रुपमा कपाल उम्रन सक्छ । यस्ता अस्वाभाविक कपाल हटाउनको लागि क्रिम या रेजको प्रयोग गर्नुपर्ने हुन्छ । रेजरको सहायताले रौंलाई स्थायीरुपमा समेत हटाउन सकिन्छ ।

हर्मोनमा आउने परिवर्तनका कारण कपाल सुख्खा तथा जिंग्रिङ्ग बन्न पनि सक्छ । यस्तो बेला ३-४ चम्चा जैतुनको तेलले मालिस गर्दा उत्तम हुन्छ । युवतीमा देखिने अर्को समस्या-डन्डीफोर । हर्मोनमा हुने परिवर्तनका कारण डन्डिफोरका साथै छाला सुख्खा हुने समस्या समेत उत्पन्न हुनेगर्छ। चिल्लो खानेकुरा कम खानुस्, साथसाथै दिनको २ देखि तीन पटकसम्म अनुहार धुँदा उत्तम हुन्छ । यसले अनुहारमा चिल्लोको मात्रा कम हुन्छ र डन्डिफोरको समस्या हट्छ ।

महिलाको मेटाबलिज्म स्लो हुँदै जान्छ र तौल बढ्दै जान सक्छ । तौललाई स्थीर राखिराख्नको लागि चिल्लो र कार्बोहाइड्रेडयुक्त खाना कम गर्नुपर्छ । यस्तै दैनिक बिहान ३० मिनेट मर्निङवाक पनि लाभदायक मानिन्छ । एजेन्सी / विवाह भएपछि युवतीहरु मोटाउनुको खास कारण यस्तो रहेछ –

हाम्रो समाजमा यी यस्ता घटनाहरु प्राय देखिरहेका नै हुन्छौ जहा मोटो मान्छेलाई कति मोटो भन्ने अनि जो दुब्लाृे छ त्यस्तालाई लुरे भनेर जिस्काउने । दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ ।

विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ ।यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ ।

विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ । यस्तै विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् ।

अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ । जसले तौल बढ्ने गर्दछ । विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ । मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ । आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन् । विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ ।

प्रतिक्रिया दिनुहोस