के तपाईं टाउको दुखेर हैरान हुनुहुन्छ ? भान्छामै भेटिने यी औषधीको गर्नुहोस् प्रयोग !!

गोर्खाली खबर

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।

जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता गरिएन भने भने यसले ठूलो समस्या ल्याउन सक्छ । टाउको दुखाइका लागि तपाईले घरेलु उपचार पनि गर्न सक्नुहुन्छ जसबाट तपाईंले छुटकारा पाउन सक्नुहुन्छ ।

पुदिना:माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।

ल्वाङ र नुनको प्रयोग:टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

दालचिनी पाउडर:टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।

कागती र तातो पानी:लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

लसुनको रस :लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।

जीरा र अदुवाको रस :धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।

यो पनि पढ्नुहोस् :मानिसको प्रतिरक्षा प्रणाली कसरी बूढो हुन्छ त ? यो पढ्नुहोस् !:कोभिड-१९ ले हाम्रो प्रतिरक्षा प्रणालीको महत्त्वलाई उजागर गरिदिएको छ। प्रतिरक्षा प्रणाली कोष, तन्तु र अङ्गहरूको यो एउटा जटिल जालो हो। अनि यो नै सङ्क्रमण तथा रोगहरूलाई परास्त गर्ने मुख्य अस्त्र हो।

यसले हामीलाई सबै प्रकारका रोगहरूबाट बचाइरहेको हुन्छ। तर शरीरका सबै अङ्गप्रत्यङ्गजस्तै प्रतिरक्षा प्रणाली पनि वर्षैपिच्छे बूढो हुँदै जान्छ।

चिकित्साविज्ञहरूले ६५ वर्षमाथिका मानिसहरूमा कोभिड-१९ हुने सम्भावना बढी हुने र उनीहरूमा थप कडा खाले रोगहरू विकास हुनसक्ने विश्वास गर्नुमा यो पनि एउटा कारण हो।

यद्यपि प्रतिरक्षा प्रणालीमा क्षय हुने क्रम हाम्रो उमेरमै निर्भर गर्छ भन्ने छैन।इजरेलको टेक्निअन इन्स्टिट्यूट अफ टेक्नोलजीका प्रतिरक्षा प्रणालीविज्ञ शाइ शेन-ओर भन्छन्, “हामी ८० वर्षको मानिसमा पनि ६५ वर्षको जस्तो प्रतिरक्षा प्रणाली पाउन सक्छौँ अनि कहिलेकाहीँ ठ्याक्कै त्यसको विपरीत पनि हुनसक्छ।”

एउटा राम्रो खबर के हो भने शृङ्खलाबद्ध रूपमा केही सामान्य चरण अनुसरण गरेर पनि हामी उक्त प्रक्रियालाई सुस्त बनाउन सक्छौँ।तर त्यी चरणबारे जान्नुअघि हामीले प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ थाहा पाउनु आवश्यक हुन्छ।

न्यून सङ्ख्यामा टी र बी कोष:प्रतिरक्षा प्रणालीका दुईवटा हाँगा हुन्छन्। प्रत्येक हाँगा भिन्न किसिमको श्वेत रक्तकोषबाट बनेको हुन्छ। ती कोषहरू विशेषगरी हाम्रो शरीरलाई बचाउन संलग्न हुन्छन्।

हाम्रो शरीरमा अन्तर्निहित प्रतिरक्षा प्रणाली हाम्रो पहिलो पङ्क्तिको रक्षा प्रणाली हो। यो हाम्रो शरीरमा कुनै पनि बाह्य तत्त्व वा जीव प्रवेश गरेको थाहा पाउनेबित्तिकै सक्रिय हुन्छ।

उक्त प्रतिक्रियामा तीनखाले कुराहरू हुन्छन्- न्यूट्रोफिलले मुख्य रूपमा ब्याक्टेरियालाई आक्रमण गर्छ, मोनसाइटले प्रतिरक्षा प्रणालीलाई सङ्गठित गर्न सहयोग गर्छ र अन्य प्रतिरक्षा कोषलाई सङ्क्रमण छ भनेर चेतावनी दिन्छ। अनि एनकेहरू अर्थात् घातक कोषहरूल भाइरस वा क्यान्सरसँग लड्छन्।

बर्मिङ्‌गम यूनिभर्सिटीस्थित इन्स्टिट्यूट अफ इन्फ्लमेशन एन्ड एजीङकी निर्देशक ज्यानेट लर्ड भन्छिन्, “जब हामी बूढा हुन्छौँ यी तीनवटा कोषहरूले राम्ररी काम गर्दैनन्।”

त्यसपछि कुनै परजीवीसँग लड्न टी र बी लिम्फोसाइट सम्मिलित छुट्टै प्रतिकार हुन्छ।त्यसका लागि केही दिन लाग्छ तर एक पटक भइसकेपछि भविष्यमा त्यो प्रतिक्रिया प्रणालीले उक्त परजीवीलाई चिन्छ र फेरि त्यसले आक्रमण गरेमा पुन: निस्तेज बनाउन खोज्छ।

ज्यानेट भन्छिन्, “तपाईँ बूढो हुँदै जाँदा नयाँ लिम्फोसाइट कम बनाउन थाल्नुहुन्छ तर सार्स-कोभ-२ को जस्तो सङ्क्रमणसँग लड्नका लागि तपाईँलाई त्यो आवश्यक हुन्छ।”

उमेर बढेसँगै सबै प्रतिरक्षा प्रणालीको कार्य कमजोर बन्दै जान्छ।सधैँ उमेर कारण हुँदैन,तर यसरी प्रतिरक्षा प्रणाली कमजोर बन्दै जानुमा उमेर मात्र कारण हुँदैन। त्यसमा वंशाणु र जीवनशैलीले पनि प्रभाव पार्छन्।

हालसम्म पनि हाम्रो प्रतिरक्षा प्रणालीको आयु पत्ता लगाउन सम्भव थिएन।तर शेन-ओर र उनको समूहले स्ट्यान्डफर्ड यूनिभर्सिटीसँग मिलेर यस्तो जानकारी हासिल गर्न सकिने विधि बनाएका छन्। यसबाट सफल उपचारमा सहायता पुग्ने ठानिएको छ।

सक्रिय रहनुहोस्:प्रतिरक्षा प्रणाली बूढो हुने क्रमलाई सुस्त बनाउन सकिने कुराहरू पनि रहेका छन्। मुख्य कुरा भनेको शारीरिक रूपमा सक्रिय रहनु हो।

ज्यानेट लर्डका अनुसार शारीरिक रूपमा सक्रिय रहने मानिसहरू अत्यधिक टी सेल पाइएको छ।त्यस्तै अर्को एउटा अध्ययनमा दैनिक १०,००० पाइला हिँड्ने मानिसमा न्यूट्रोफिल २० वर्षको मानिसमा जस्तो पाइएको छ।

तर यो सबै व्यक्तिको तन्दुरुस्तीको अवस्थामा भर पर्ने गर्छ। यद्यपि विज्ञहरू सामान्य शारीरिक अभ्यासले पनि प्रतिरक्षा प्रणालीको बुढ्यौलीलाई सुस्त पार्ने बताउँछन्।त्यस्तै सन्तुलित भोजन र पर्याप्त निद्राले पनि यसलाई सहयोग गर्ने बताइन्छ।

यसका साथसाथै वैज्ञानिकहरूले प्रतिरक्षा प्रणालीलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप विभिन्न अध्ययन गरिरहेका छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस