मोबाईलक लतले यसरी बनायो जीवननै बर्दाद, सावधान !! कतै तपाईलाईपनि त यो हुने हैन ?

गोर्खाली खबर

लस एन्जलस । स्र्माट फोनको लतका कारण अहिले संसारमा अनेक प्रकारका घटनाहरु बाहिर आउँने गरेका छन । अहिलेका मानिसहरु के गर्न जाँदैछन ? उनिहरु स्वयम आफैंलाई समेत त्यसको परिणाम थाहाँ छैन ।

अहिले मानिसले जिवनलाई दाउमा राखेर सस्तो प्रचारका लागि जस्तोसुकैं पनि कदम अपनाउन तयार छ । सहज र असहज भन्ने कुरामा उनिहरु विश्वास गर्दैनन ।अमेरिकामा एक ३६ वर्षका सेन डियोज नामक युवकले यो सबैंको हद पार गर्दै एक कदम अगाडि आएका छन ।

उनले विषालु सर्पसँग सेल्फि लिन खोजेका छन । उनी सर्पसँग सेल्फि खिच्न व्यस्त भएको बेला उनलाई सर्पले डस्यो । अहिले उनी अस्पतालमा छन डाक्टरहरुका अनुसार उनको शरिरमा सर्पको विषको प्रभाव तिव्र गतिमा बढ्दैछ ।

उनको उपचारमा झण्डैं १ करोड ६० लाख भन्दा धेरैं खर्च हुने बताइएको छ । सर्पको डसाईबाट घाइते डियोजको हात संक्रमणको कारणले गर्दा काटिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस