धनी हुने सबैभन्दा सजिलो तरिकाः यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्

गोर्खाली खबर

मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलियो र परिपक्व बनाउनुपर्छ । हालै गरिएका केही अनुसन्धानले पैसासम्बन्धि मामलाले मानिसहरुको यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ । यस्तो दबाबबाट कसरी बच्ने, यसबारे जानकारी लिऔं ।

तपाईंको जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम ? यदि यस्तो प्रश्न सोधिए सायद जवाफ दिन सक्नुहुन्नँ होला । जीवनमा दुबैको आ–आफ्नै महत्व छ । यी दुबै जीवनमा अत्यावश्यक छन् । पैसा बिनाको प्रेम समयअगावै चाउरिन सक्छ र धेरै पैसा कमाउने लोभमा कसैलाई सम्बन्धबाट टाढा लैजान सक्छ ।

अमेरिकामा हालै भएको नर्थवेस्टर्न म्युचुअलले आफ्नो एक अध्ययनमा वयस्कमा तनाव र दबाबको मुख्य कारण पैसा नै भएको बताएको छ । यसको सबैभन्दा नकारात्मक प्रभाव उनीहरुको सम्बन्धमा परिरहेको छ । यो अनुसन्धानमा संलग्न १० दम्पत्तीमध्ये चारले पैसाका कारण सम्बन्धमा खटपट भइरहेको स्विकारेका छन् ।

चुप बस्नु खतरनाकः

यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र क्लिनिकल साइकोलोजिस्ट पाओ आल्टो भन्छन्, ‘मानिसहरु आर्थिक चिन्ता र भविष्यबारे यति धेरै सोच्छन् कि उनीहरु आफ्नो वरिपरि भएका राम्रो कुराहरुको पनि आनन्द लिन सकिरहेका हुँदैनन् ।’

उनका अनुसार मानिसहरु धेरै कमाउने लोभमा धेरै बेरसम्म अफिसमा बस्न बाध्य हुन्छन् र जब घर पुग्छन् शारिरिक रुपमा थाकिसकेका हुन्छन् । उनीहरुको सबै ऊर्जा भविष्यको योजना र ओभरटाइममै बित्छ । आफ्नो पार्टनरलाई प्रेम गर्न र कुराकानी गर्नसमेत भ्याउँदैनन् ।

काम, पैसा र यौन यी तीनै विषय जीवनका निकै संवेदनशील पाटा हुन् जसबारे कुरा गर्न सजिलो छैन । थुप्रै दम्पत्ती यसबारे कुरा गर्न रुचाउँदैनन् । उनीहरुलाई लाग्छ कि यसबारे कुरा गर्दा आपसी कटुता पैदा हुनेछ ।

उनीहरु आफ्नो भावनालाई दबाउन थाल्छन् तर भित्रभित्रै चिन्तित रहन्छन् । यसको सिधा असर बेडरुममा पर्छ । फलस्वरुप उनीहरु प्यासिभ एग्रेसिभ हुन्छन् र यौनसम्बन्ध स्थापित नगर्नका लागि बहाना बनाउन थाल्छन् । पार्टनरसँग कुनै पनि प्रकारको असन्तुष्टिको असर सेक्स सम्बन्धमा धेरै देखिने गरेको विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हर्मोन्सको नकारात्मक असरः

विशेषज्ञको मान्यता यो छ कि तनावको स्थितीमा शरिरको स्नायु प्रणालीले ‘फाइट वा फ्लाइट (लड्ने र भाग्ने) प्रतिक्रिया दिन्छ । यसमा कार्टिसोल र एपिनेफ्रेनजस्ता स्ट्रेस हर्मोन्सको श्राव बढ्छ । यद्यपी, यी नकारात्मक हर्मोन होइनन् तर जब यी लगातार रिलिज हुनथाल्छन् तब स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । उदाहरणका लागि कार्टिसोलले सेक्स हर्मोनलाई दबाउन थाल्छ ।

पैसाको महत्वः

विभिन्न अनुसन्धान र अध्ययनले बताउँछन् कि संसारका थुप्रै देशका मानिसहरु यस्ता स्थितीसँग जुधिरहेका हुन्छन् । थुप्रै अनलाइन सर्वेमा पनि जोडीले स्विकारेका छन् कि यदि उनीहरुसँग धेरै पैसा भएको भए वा आर्थिक रुपमा सक्षम भएको भए उनीहरुको व्यक्तिगत जीवन पनि राम्रो हुने थियो ।

प्रतिक्रिया दिनुहोस