श्रीमान् सुतिरहेका थिए, श्रीमतीले अनलाइन कपडा बेच्नका लागि बनाइदिइन् मोडल

गोर्खाली खबर

सोसल मिडियामा एक श्रीमानका तस्बिर भाइरल भइरहेका छन् । ती व्यक्ति निदाइरहेका थिए । तर उनले महिलाको पहिरन लगाइरहेका थिए । साँच्चै भन्ने हो भने ती पहिरन उनीमाथि बिछ्याइएका थिए जुन उनले लगाएको झैं देखिन्थ्यो ।

यस्तो क्रियाकलाप ती व्यक्तिकी श्रीमतीको हो जसले फिलिपिन्समा एक अनलाइन बुटिक चलाउँछिन् । उनले आफ्ना सुतिरहेका श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गरिदिइन् । यस्तो उनले अनलाइन कपडा बेच्नका लागि गरिन् ।

यी तस्बिर Jo’s Online Shoppe नामको फेसबुक पेजले सेयर गरेको हो । यसमा क्याप्सनमा लेखिएको छ, ‘म्यानेक्विन छैन ? समस्या छैन । कोसिस चाहिन्छ ।’ खबर लेख्ने बेलासम्म यो पोस्टमा लगभग ६ हजारले कमेन्ट गरिसकेका छन् भने ११ हजारले रियाक्सन दिइसकेका छन् ।

यसका साथै यो पोस्टलाई २२ हजारले सेयर गरिसकेका छन् । धेरैजसोले महिलाको क्रिएटिभ आइडियाको तारिफ गरिरहेका छन् ।Jo’s Online Shoppe की मालिक जोसेलिन मे ज्याजरेना क्याडेले जब

आफ्ना श्रीमानलाई उत्तानो परेर सुतिरहेको देखिन् तब उनले श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गर्नेबारे सोचिन् ।त्यसैले उनले सुतिरहेका श्रीमानको जिउमा स्कर्ट, टप, जिन्स र महिलाका विभिन्न परिहन राखिदिएर फोटो खिचिन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

प्रतिक्रिया दिनुहोस