भर्खरै विबाह बन्धनमा बाँधिए र माल्दिभ्समा हनिमुन मनाइ रहेकी काजल अग्रवालले सार्वजनिक गरिन दुनियालाई चकित पार्ने यस्ता तस्विर

गोर्खाली खबर

एजेन्सी । सेलीब्रेटीहरुकालागी विबाहपछि हनीमुन निकै नै खास हुने गर्दछ । यीनीहरु जत्ति नै धुमधामले विबाहको तयारी गर्ने गर्दछन् त्यति धुमधामका साथ आफ्नो हनिमुनको पनि तयारी गर्दछन् ।

बलीउड स्टारको विबाहसंग उनीहरुको हनिमुन कहाँ र कस्तो तयारीका साथ हुँदैछ भन्ने कुरा परिवारका सदस्य बाहेक उनीहरुको सबै फ्यानहरुलाई नै पुर्व जानकारी हुने गर्दछ । किनभने यीनीहरुले आफ्नो विबाह र हनीमुनलाई सोशल मिडियामा प्रचार गर्न रत्तिभर पनि कन्जुसाँई गर्दैनन् ।

अचम्मको कुरा तन कतिपया बलीउड स्टारहरुले आफ्नो हनिमुनको होटल र रुम भित्रको सजावटसंगै रुम नम्बर समेत सोशल मिडियामा शेयर गरिरहेका हुन्छन् । यीनीहरुलाई आफ्नो हनिमुनको बारेमा पब्लिकलाई जानाकारी गराउन निकै नै हतार हुन्छ ।

मानौं कि फिल्मि जगतमा झैं यीनीहरुमा अरु भन्दा म के कम भन्ने भावमा हनिमुनको पनि उत्तिकै प्रतिस्पर्धा हुने गर्दछ । पछिल्लो समय विबाह बन्धनमा बाँधिएकी गायिका नेहा कक्कड र उनका श्रीमान रोहन प्रीतले त आफ्नो रुम भित्रको सजावट समेत सोशल मिडियामा सार्वजनिक गरेका थिए ।

बलिउड कलाकारहरुको हनिमुनलाई लिएर आफ्नै आफ्नै विचार र मनाउने तरिका हुने गर्दछ । भर्खरै विबाह बन्धनमा बाँधिएकी बलीउड नायिका काजल अग्रवालले पनि आफ्नो हनिमुनको तस्वीर सार्वजनिक गरेर पुरै दुनियाँलाई नै

चकित पारिदिएकी छन् । उनको हनिमुन अरुको स्टारहरुको तुलनामा धेरै नै फरक अन्दाजमा रहेको छ । उनले आफ्नो श्रीमान गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् ।

काजलले आफ्ना भ्रमणको फोटो लगातार सोसल मिडियामा पोस्ट गरिरहेकी छिन् । हालै काजलले इन्स्टामा केही नयाँ तस्बिर सेयर गरेकी छिन् जसमा नवविवाहित जोडीलाई पानी भित्र रोमान्स गरिरहेको देख्न सकिन्छ ।

काजलले जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनी निलो रङको ब्याकलेस ड्रेसमा देखिएकी छिन् । यो ड्रेस काजललाई निकै सुहाएको छ । नायिकाले जुन फोटो सेयर गरेकी छिन् त्यसमा पानीभित्र एक कोठा पनि देखिएको छ र त्यस वरिपरि थुप्रै माछा पनि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस