युवकले गरे मृत प्रेमिकासँग बिहेः कोही नरुनु भन्दै आफु चाँहि बेस्सरी रोए

गोर्खाली खबर

मानिसको जीवनको विवाह एक हिस्सा हो । विवाह त जिउँदै मानिसको मात्र हुन्छ तर एक पुरुषले मरेकी युवतिसँग विवाह गरेका छन् ।यो रोचक र मार्मिक घटना चिनको हो । चीनमा जु शिनाग र यांग लियु केहि वर्षदेखि एकअर्कालाई निकै माया गर्थे । दुवैले अदालतमा विवाह गर्ने निवेदन पनि दिएका थिए ।

अन्तिम सस्कारमा कोही नरुनु भन्दै थियौ तर म आफैले आँशु रोक्न सकिन भन्दै बेस्सरी रोएअदालतले मन्जुरी दिएको ३ महिनामा नै युवतिलाई ब्रेस्ट क्यान्सर भयो । त्यसको ४ वर्षसम्म सर्जरी र कीमोथेरापी पछि उनले क्यान्सर जितिन् ।

फेरी एक वर्षपछि उनलाई क्यान्सर भएकाले अस्पतालमा उपचार भएपनि स्वास्थ्यमा कुनै सुधार आएन । अन्ततः उनको निधन भयो । यांग अस्पतालमा भर्न हुनु अघि नै विवाहको लागि गाउन रोजेर किनेकी थिइन्. ।

जु शिनागले यांगको निधन भएको ७ दिपछि गाउन लगाइदिएर विवाहको आयोजना गरे । १६९ फुलको बुकेट पनि सँगै राखिदिए । वैवाहिक कार्यक्रममा जु शिनाग अन्तिम सस्कारमा कोही नरुनु भन्दै थियौ तर म आफैले आँशु रोक्न सकिन भन्दै रुदै बेस्सरी रोए । एजेन्सी

हिजोआज सजिलोका लागि जुनसुकै खानेकुरा पत्रिकामा बेर्ने वा पत्रिकाले छोप्ने चलन बढ्दो छ। पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ।

पत्रिकामा राखिएका खानेकुरा अस्वस्थकर हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै ‘एडभाइजरी’ जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवन स्वास्थ्यका दृष्टिले खतरनाक हुने बताएकाे छ। यसले यस्ताे खानेकुार नखान भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।

टिनको छानो, खरको पाली, दुई तले कच्ची घर । घरको पूर्वपट्टी बाख्रा, कुखुरा राख्ने खोर । सानो टुक्रा जमिन । पश्चिम पट्टी सानो आगन । आगनको कुना तिर मोटो दाउराको ‘किलो’ । यस्तो दृष्य देख्न पाईन्छ बागलुङको निसीखोला गाउँपालिका–७ पूर्णीकोटका सुमित खत्रीको घरमा ।

घरको आगनमा बलियो सँग गाडेको किलो पसु चौपाया बा’ध्नलाई होईन, सुमित खत्रीले आफ्नै छोरी ११ वर्षिया नुमानी क्षेत्रीलाई बाध्य बनाउनुभएको हो । शारीरिक तथा मानसिक रुपमा अ’पाङ्ग नुमानी लाई हरेक दिन त्यही किलोमा ढोरीले बाँ’धेर राखिन्छ ।

बहु अपा’ङगता भएकी नुमानी आफँै समालिएर हिँड्न नसक्ने, जथाभावी हिँड्ने र सहारा दिन परिवारका सदस्यलाई कठिन हुने भएपछि बाँ’धेर नियन्त्रण गर्न थालिएको नुमानीकी आमा बोमी खत्रीको भनाइ छ ।

जन्मेको दुई वर्षसम्म हिँड्डुल नगरेपछि अभिभावकले नुमानीमा शारीरिक स’मस्या भएको पत्तो पाए। त्यसलगत्तै, गुल्मीको अस्पतालमा लगेर नियमित आईरन लगायतका औषधी चलाएपछि ढाडको हड्डी त जोडियो तर उहाँ पूर्णरुपमा निको हुन सक्नुभएन। नुमानीको खुट्टा बाँङ्गो छन् । हिँड्न पर्दा हात खुट्टाले घिस्रेर भित्र बाहिर गर्नुपर्ने बाध्यता छन् ।

नुमानी बोल्न समेत सक्नु हुन्न। नुमानी मानसिक रुपमा पनि सुस्त मनस्थिति भएको बाबु सुमितको भनाइ छ। छोरीलाई ठुलो अस्पताल लगेर उपचार गर्न सकिएन उहाँले भन्नुभयो–विदेशीले उपचार गर्न लैजाने तर फिर्ता नदिने बताएपछि छोरी दिन सकेन।’ नुमानीले आफ्नो दिशा पि’साव समेत गर्न नसक्ने उहाँकी आमा बोमी खत्रीको भनाइ छ ।

‘एउटालाई यही छोरीको हेरचार गर्दा दिन बित्छ’ उहाँले भन्नुभयो– ‘नबाँध्ने हो भने त घरको काम पनि गर्न पाइँदैन।’ हरेक दिन छोरीको ढाँडमा बाँ’धेर ठाडो पर्दा आफ्नो मु’टुमा गाँठो पर्ने उहाँले बताउनुभयो । जस्तो भए नी आफ्नो रगत हो’ उहाँले भन्नुभयो– ‘योसँगै जन्मेकाले ६ कक्षामा पढ्छन् यसले आफ्नो दिशा पि’साव समेत गर्न सक्दैन । ठुलो अस्पतालमा उपचार गराउन सके छोरी निको हुने उहाँको आसा जीवितै छ ।

छोरी आफैँ सम्हालिएको हेर्ने धोको छ, आमा बोमीले भन्नुभयो– ‘विहान बेलुकी छाक टार्न कठिन भएको परिवारले कसरी ठुलो अस्पताल लैजाउँ।’ ठुलो परिवार भएको हुँदा दैनिकी समेत चलाउन कठिन भएको खत्रीको भनाइ छ ।

खत्रीको परिवारमा पाँच बहिनी छोरी छन् । दैनिकी ज्याला मजदुरीबाट परिवार चल्दै आएको छ । नुमानीले पूर्ण अपा’ङ्ग भत्ता पाउँदै आउनुभएको छ । भिडीयो यहाँ लिंकमा छ ।

प्रतिक्रिया दिनुहोस