यि हुन अमेरिकामा भासिने नेपाली कलाकारहरु…(तस्बिर सहित)

गोर्खाली खबर

नेपाली कलाकारको लर्को अमेरिकामा।अमेरिकामा नेपाली कलाकारको लर्को: कहिले राेकिएला प्रतिभा पलायन ?पछिल्लाे समय नेपाली कलाकारहरु बिदेशमा बसाेबास गरिरहेका छन् ।

देशमा काम गर्ने वातावरण नभएको भन्दै विदेश पस्ने युवाको संख्या प्रतिदिन बढ्दो छ । मुलुकमा बढ्दो बेरोजगारी समस्यालाई देखाएर विदेश पस्नेको हुलबीच स्वदेशमै प्रतिष्ठित पेसा–व्यवसायमा स्थापित भइसकेकाहरुको संख्या पनि उल्लेख्य छ ।

यसैबीच, देशको राजनीतिक अस्थिरता र पेसागत नैराश्यका कारण अमेरिका पुगी ग्रिनकार्ड लिने कलाकारको संख्या ५ सय नाघेको छ । उचित वातावरण भए आफूहरू स्वदेश फर्कन तयार रहेको बताउँदै आए पनि खासमा उनीहरू उतै रमाउन थालेका छन् ।

हालसम्म ५ सय २ नेपाली कलाकारले अमेरिकाको ग्रिनकार्ड लिइसकेका ‘नेपाली अमेरिकन कलाकार संघ’का अध्यक्ष सुमन बुढामगर बताउँछन् । उनका अनुसार संघले यसबारे विवरण संकलन गरी पुस्तक प्रकाशनको तयारीसमेत गरेको छ । ग्रिनकार्ड लिने कलाकारमध्ये केहीले अन्य कामसँगैकला कारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेसाबाटै पलायन भएका छन् ।

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिस्ट’को मान्यतासमेत दिने भएकाले उनीहरू उतै सम्मानित भएको अनुभव गर्छन् । केही कलाकार नेपाल आउने–जाने गर्छन् भने केहीले नेपाली नागरिकता त्यागिसकेका छन् ।

ग्रिनकार्ड हुनेले अमेरिकामा स्थायी बसोवास र काम गर्न पाउँछन् । ग्रिनकार्ड पाएको तीन वर्षपछि नागरिकता लिने प्रक्रियामा समेत जान सक्ने व्यवस्था छ । कलाकार मात्र नभई निजामती कर्मचारी, राजनीतिकर्मी, खेलाडी, उद्योगी–व्यवसायी तथा अन्य विभिन्न क्षेत्रका थुप्रै नेपाली अमेरिका पलायन भएका छन् ।

प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुंगाना, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आएपछिल्लो समय सरकारले डिभी/पिआरधारी राष्ट्रसेवकलाई कार बाही गर्ने नीति लिएपछि भने कर्मचारीमा अमेरिका जाने आकर्षण घटेको देखिन्छ ।

संघका अनुसार अमेरिकामा रहने कतिपय कलाकार कोल्डस्टोर, पार्लर, पेट्रोल पम्प, होटल, रेस्टुरेन्ट आदिमा काम गर्छन् भने कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् ।

केही अध्ययनमा पनि लागेका छन् ।धेरैजसो कलाकार सशस्त्र द्वन्द्वका वेला पलायन भएका हुन् । तर, द्वन्द्व व्यवस्थापनपछि पनि पलायनको क्रम नरोकिनु र तत्कालीन परिस्थितिगत बाध्यताले बिदेसिएकाहरूको पनि स्वदेश फिर्तीमा रुचि नदेखिनु भने चिन्ताको विषय हो ।

राज्यले अझै जनतामा आशाको किरण छर्न नसकेको यसले देखाउँछ ।दसैँका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका संगीतकार टीका भन्डारी स्वदेशमा समृद्धि र स्थायित्वको लहर चलेका वेला अमेरिकामा बस्ने नेपाली कलाकारको संख्या बढ्नु शुभसंकेत नभएको बताउँछन् ।

ती कलाकारमा नेपालका लागि अझै केही गरौँ भन्ने भावना आफूले पाएको बताउँदै भन्डारी भन्छन्, राज्यले उनीहरूलाई फर्काउने वातावरण सिर्जना गर्नुपर्छ ।

प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुंगाना, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आएका छन् ।

यसअघि केही समय अमेरिका बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्किएकी थिइन् भने नायक भुवन केसीले ग्रिनकार्ड लिन अस्वीकार गरेका थिए । रासस

यो पनि पढ्नुस अन्टि भएर हराउन्न नायिका रेखाथापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।

नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो । चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए ।

अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् ।

चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो । उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लापरवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस