आदित्यले श्रीमतीलाई किस गरेको तस्बिरमा नेहाले गरिन् यस्तो कमेन्ट, बलिउडमा चर्चा

गोर्खाली खबर

एजेन्सी । केही दिन अघि सम्म गायक तथा टिभी होस्ट आदित्यनारायण र गायीका नेहा कक्कडबीचको विवाहको कुराले बलिउड र भारतीय मिडिया तातेको थियो । नेहा जज र आदित्य होस्ट भएको कार्यक्रममा उनीहरुबीच प्रेम रहेको र विवाहको निर्णयमा पुगिसकेको चर्चा चुलिएको थियो ।

तर नेहाले सरप्राइज दिँदै रोहनप्रितसंग विवाह गरिन् ।नेहाको विवाह पछि आदित्यले पनि आफ्नो प्रेमिका सार्वजनिक गरे । १० वर्ष देखि प्रेममा रहेको भन्दै श्वेतालाई सार्वजनिक गरेका थिए । उनले हालै विवाह समेत गरिसकेका छन् ।

आदित्य र स्वेता अग्रवालले १ डिसेम्बरका दिन बिहेमा परिणत गरेका हुन्। यसपछि सामाजिक सञ्जालहरूमा आदित्य र स्वेताका कैयौं फोटोहरू भाइरल भए। तीमध्ये एउटा फोटो यस्तो छ, जसमा आदित्य आफ्नी पत्नी स्वेतालाई किस गरिरहेका छन्।

आदित्य आफैले उक्त फोटोलाई इन्स्टाग्राममा सेयर गरेका हुन्। फोटोको क्याप्सनमा आदित्य लेख्छन्, “म तिमीलाई खोज्ने छु र म तिमीसँग बिहे गर्ने छु।” फोटोमा स्वेतालाई लजाउँदै मुस्कुराइरहेको देख्न सकिन्छ। रमाइलो कुरा त के छ भने यो फोटोमा गायिका नेहा कक्करले प्रतिक्रिया जनाएकी छन्। नेहा लेख्छिन्, “निकै सुन्दर ! बधाइ।”

यो पनिपढ़नु होस:नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।विभिन्न सञ्चारमाध्यममा यस अघि नै

उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन्।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्विकार गर्लान् ? भन्ने प्रश्न पनि सोधेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म।’

स्वेता नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, करिब एक महिनापछि २०७१ साल साउन २५ गते उनको उपचारका क्रममा भारतमा निधन भएको थियो । स्वेताले ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘हासी देउ एक फेर’, ‘कोहिनूर’, ‘कान्छी’ जस्ता चलचित्रहरुमा अभिनय गरेकी छिन्।

सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।

बीबीसी । आफ्नो आमाको निधन भएको १० वर्ष सम्म पनि फ्रिजमा राखेकी एक महिला पक्राउ परेकी छन् । यो घटना जापानको हो । जापानकी एक महिलाले आफ्नी आमाको मृ’त शरीरलाई दश वर्षसम्म फ्रिजरमा राखेकी छिन्। ४८ वर्षकी युमी योसिनोले दश वर्षसम्म आमाको शवलाई फ्रिजरमा राखेको बीबीसीले जनाएको छ।

दश वर्षअघि आफ्नी आमालाई मृ’त भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको उनी बताउँछिन्। आमा र आफू बस्दै आएको टोक्योस्थित घर छाड्न मन नलागेर आमाको शव ती महिलाले फ्रिजरमा राखेको प्रहरी स्रोतलाई उल्लेख गर्दै जापानी सञ्चार माध्यमले समाचार छापेका छन्।

प्रहरीका अनुसार मृ’त महिलाको शरीरमा कुनै डाम देखिन्न। अधिकारीहरूले महिलाको निधन भएको समय र कारण पत्ता लगाइसकेका छैनन्। भाडा नतिरेका कारण योसिनोलाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव फेला पारेका थिए।

ती महिलाको शरीरलाई ब’ङ्ग्’याएर फ्रिजरमा कोचिएको पाइएको प्रहरीले बताएको छ। योसिनोलाई शुक्रबार टोक्यो नजिकैको शहर चिबाको एक होटलबाट गिरफ्तार गरिएको थियो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस