वालिङको चन्द्रपुरमाथि जित

काठमाडौं, माघ २० गते । वालिङ नगरपालिकाले चन्द्रपुरलाई ३–० ले हराएको छ । राष्ट्रिय महिला लिग अन्तगर्त मंगलबार सम्पन्न पहिलो खेलमा वालिङले चन्द्रपुरमाथि जित हात पारेको हो । वालिङका लागि तीन वटै गोल नाइजेरियाली खेलाडीले गरे।

खेल सुरु भएको ३७ औं मिनेटमा केमेग्ने जोमो भेनेस्सा नोइलेले पहिलो गोल गर्दै वालिङलाई १–० को अग्रता दिलाउनुभयो । उहाँले फ्री किकलाई गोलमा परिणत गर्नुभयो । एलुडी रुथले पहिलो हाफ सकिनै लग्दा ४५ औं मिनेटमा गोल थप्दा वालिङले २–० को अग्रता लियो । ५३ औं मिनेटमा रुथले थप एक गोल गर्दै स्याङ्गजाको वालिङ नगरपालिकाको चन्द्रपुरमाथि ३–० को जित सुनिश्चित गर्नुभयो ।

जितसँगै स्याङ्जाको वालिङ नगरपालिका अङ्कतालिकाको चौथो स्थानमा उक्लेको छ । नेपाल पुलिससँगै सामान आठ अङ्क रहेपनि वालिङ गोल अन्तरले चौथो स्थानमा चित्त बुझाउनुपरेको हो । चन्द्रपुर भने तीन अङ्कसहित छैठौं स्थानमा छन् ।वालिङकी टौटा ओर्नेला नोइला प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

प्रतिक्रिया दिनुहोस