बुवाको भ्यान चोरेर ११ वर्षकी प्रेमिका लिएर १४ वर्षका किशोर भा’गे, १९ सय किलोमिटर पर भेटिए

गोर्खाली खबर

एजेन्सी । आफ्ना बुवाको भ्यान चोरेर ११ वर्षकी प्रेमिका लिएर भा’गे’का एक १४ वर्षका किशोरलाई उनका परिवारले १९ सय किलोमिटर पर फेला पारेका छन् । परिवारले उनीहरुलाई निकै टाढा पुगेपछि फेला पारेका हुन् ।

१४ वर्षका केभिन फिगिउरोसले ११ वर्षकी प्रेमिका लिएर हिडेका हुन् । उनीहरुले तेज गतिमा गाडी चलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि उनीहरुको वास्तविकता खुलेको हो । उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो ।

इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए । किशोरले बुवाको भ्यान चोरेर प्रेमिका लिएर हिँडेका थिए । यी दुईलाई प्रहरीले आइतबार आयोवामा भेटेका हुन् । अब यी दुईलाई न्यूयोर्क लैजाने तयारी गरिँदैछ ।

प्रहरीका अनुसार ती किशोरले १५० किमी प्रति घण्टाको गतीमा कार चलाएको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । उक्त सडकमा अधिकतम गती १०४ किमि प्रति घण्टा थियो ।

यो पनिपढ़नु होस:काठमाडाैं । मेडिकल साइन्सले १० वर्षको केटा पिता बन्न नसक्ने र १३ वर्षकी केटी पनि आमा बन्न नसक्ने बताउँछ । तर रुसको एक सहरमा मेडिकल साइन्सको यो दावीमाथि चुनौती खडा भएको छ । यहाँ एकै स्कुलमा पढ्ने दुई बच्चाबीच माया प्रेम बस्यो र उनीहरु माता–पिता बन्ने भएका छन् ।

सुरुमा डाक्टरले यो दावी अस्वीकार गरे । तर, एक स्थानीय डाक्टरले १० वर्षको केटो पिता र १३ वर्षकी केटी आमा बन्न लागेको पुष्टि गरेका छन् । यो घटनाको बारेमा विश्वभरी चर्चा भइरहेको छ र दुवै बच्चाले आफ्नो परिवारको स्वीकृति लिएर टिभीमा आफ्नो पुरा बयान समेत दिएका छन् । माता–पिता बन्न गइरहेका यी दुई बच्चामा केटो १० वर्षका छन् । उनको नाम इभान हो ।

केटीको नामा दारिया हो । दारिया ८ हप्ताको गर्भवती रहेकि छन् । एक वर्ष अगाडि दुवैको भेटघाट भएको र मित्रता बढेको दुवैले टिभीमा बताएका छन् । दुवै एक अर्कासँग भेटघाटमा जान थाले ।

दारियाका अनुसार आफ्नो आमाले आपूmलाई पुरै समर्थन गरेको र परिवारले नयाँ हुनेवाला बच्चालाई व्यापक कुरेर बसेको बताइन् । तर जुन शोमा यी बच्चाले आफ्नो कहानी सुनाएका छन्, सोही शोमा विज्ञको रुपमा डाक्टरले इवान पिता बन्न नसक्ने बताएका छन् ।

किनकी उनी अझै बच्चा भएको उनीहरुले बताएका छन् । मेडिकल साइन्सका अनुसार यो असम्भव हो । डाक्टरको भनाई अनुसार केटीको अर्को कुनै पार्टनर छ भन्ने विषयमा अन्य मानिसले चर्चा गर्न थालेका छन् ।

यो घटना सार्वजनिक भएपछि केबल रुसमा मात्रै होइन कि विश्वभरी यसको विषयमा बहस सुरु भएको छ । विशेषगरी मेडिकल साइन्समा यो ठूलो मुद्धा बनेको छ । किनकि यस्तो हुुनु असम्भव हो ।

प्रतिक्रिया दिनुहोस