रोकिएन सुनको मूल्य घट्ने क्रम, आज पनि अचम्मित पार्ने किसिमले घट्यो : हेर्नुहोस् कति पुग्यो !

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ ।अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ ।मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनिपढ़नु होस:बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पथ्थरीका कारण मिर्गौलामा समस्या देखिएको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका हुन् ।

बुधबार बिहान २ बजेदेखि स्वास्थ्यमा समस्या देखिएको र असह्य पीडा भएपछि अस्पताल भर्ना भएको उनले जानकारी दिएका छन् । मिर्गौलाको पथ्थरीका कारण पिसाब नै बन्द भएको उनको भनाइ छ ।

४ एमएमका दुई वटा पथ्थरी आफ्नो मूत्रबाहिनी नदी र मिर्गोमा रहेको जानकारी दिँदै उनले आफूलाई यसबारे पहिले नै जानकारी नभएको बताएका छन्।

उनले लेखेका छन्, ‘पिसाब बन्द भएका कारण किड्नीले काम गर्न छोडेको थियो। सर्जनहरूले पथ्थरीलाई लेजर गरेको र ट्युब राखेर पिसाब सहजै निस्कन सहयोग भएकाे छ। यसको असर शरीर भरि फैलिएको थियो। म बेलुन जस्तै फुलेको थिएँ। मलाई ठिक हुन झण्डै दुई दिन लागेको थियो।’

प्रतिक्रिया दिनुहोस