फुलहममाथि जितसँगै लेस्टर तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २२ गते । लेस्टरले अन्तिम चारमा स्थान रहीरहन आफ्नो स्थान बलियो बनाएको छ । प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा लेस्टरले फुलहममाथि २–० को जित हात पार्यो ।

भ्रमणकारी टोलि लेस्टरलाई जित दिलाउन जेम्स मेडिन्सनले दुबै गोलमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । १७ औं मिनेटमा जेम्स मेडिन्सनले दिनुभएको क्रसलाई केलेची हिनासले गोलको दिशा दिनुभयो ।

पहिलो हाफमै जेम्स जस्टिनले गोल अग्रतालाई दोब्बर पार्दा लेस्टरले फुलहममाथि २–० को जित हात पार्न सफल भयो । जेम्सले हाफटाइम सकिनु ठीक अघि ४४ औं मिनेटमा गोल गर्नुभयो ।२२ खेलबाट लेस्टरले ४२ अङ्क बटुलेको छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीले २१ खेलबाट ४७ र दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडको ४४ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस