मोटोपन सम्झेर नगर्नुहोस् वेवास्ता, पेट पुट्ट लाग्नु हुनसक्छ यस्तो रोगको संकेत!!!

काठमाडौँ । हामीले शरीरमा देखिएका परिवर्तलाई सामान्य सम्झिएर वेवास्ता गर्ने गर्छौँ । तर ती परिवर्तन कहिले काही स्वास्थ्यका लागि घातक बन्न सक्छन्।

त्यस्तै पेट लाग्नुलाई पनि धेरैले मोटोपन सम्झिएर वेवास्ता गर्ने गर्छन्। तर पेट पुट्ट लाग्नु मोटोपनको मात्र कारण नहुनसक्छ। मोटोपन हुनु वा फैलिनुको पछाडि के कारण हुनसक्छ भन्ने बारेमा आज हामी जानकारी दिदैछौँ ।

आउनुहोस् जानौँ के कारणले लाग्छ पेट ?

१) शरीरमा हर्मोनको ब्यालेन्स बिग्रियो भने पेट लाग्ने समस्या देखिन्छ। अर्को कारण हर्मोन एकै ठाउँमा स्थिर रह्यो बने पनि मोटोपन बढ्ने गर्छ। मोटोपन बढ्नु स्वास्थ्यका लागि राम्रो मानिदैन्।

२) महिलाको पाठेघरमा प्रायः क्यान्सरको समस्या देखिने गर्छ। यदी महिलामा पाठेघरको क्यान्सर हुन लागेको छ भने पनि पेट लाग्ने गर्छ। त्यसैले तपाई अचानक मोटाउनु भयो वा पेट लाग्यो भने त्यसलाई वेवास्ता नगर्नुहोस् ।

३) एक आइबीएस नामको संक्रमण हुन्छ । जसका कारण पेटमा भएका ब्याक्टेरिया आवश्यकता भन्दा बढी संवेदनशील हुन थाल्छन्। यस संक्रमणले तपाईलाई असर पुर्याउने गर्छ। त्यसैले पेट बढ्यो भने त्यसलाई समान्य सोचेर वेवास्ता नगर्नुहोस्।

४) अटो इम्युन डिसअर्डर नामको रोगका कारण पनि पेट लाग्ने समस्या देखिन्छ। यसले शरीरका बलिया र स्वास्थ कोशियालाई नोक्सान पुर्याउने काम गर्छ। जसका कारण शरीरमा विस्तारै थकावटको महशुस हुन थाल्छ। त्यसैले यस्तो समस्यालाई वेवास्ता नगर्नुहोस् ।

कसरी घटाउने त मोटोपन ?

पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार छ । अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्छ । त्यसैले शारीरिक रुपमा सक्रिय हुनुपर्छ, पेट घटाउनका लागि । शारीरिक काम र नियमित व्यायामसँगै कतिपय योगा पनि गर्न सकिन्छ, जसले पेटलाई सहि आकारमा ल्याउन मद्दत गर्छ । यससँगै खानपानमा पनि सर्तक हुनुपर्छ । पेट घटाउनका लागि कस्तो खानपान सहि हुन्छ त ?

दिनको सुरुवात कागती पानीबाट

पेटमा जमेको बोसो कम गर्नका लागि कागती पानी एक उत्कृष्ट विकल्प हो । यदि बिहान मनतातो पानीमा कागती मिसाएर पिउने हो भने निकै फाइदा पुग्छ । यसरी नै बिहान कागती पानी सेवन गर्दा मोटाबोलिज्म त ठीक हुन्छ नै, पेटमा जमेको बोसो पनि कम हुन्छ ।

गुलियो एवं मिठाई निषेध

यदि तपाई पेटमा जमेको बोसो घटाउन चाहनुहुन्छ भने गुलियो एवं मिठाइबाट टाढा रहनुहोस् । गुलियो पदार्थले पेटमा अतिरिक्त बोसो जमाउँछ ।

बिहान काचो लसुन

विहान उठेपछि नियमित रुपमा दुईरतीन केस्रा लसुन चपाउनुपर्छ । त्यसपछि कागती पानी पिउनुपर्छ । यो निकै प्रभावकारी उपाय हो, पेटको वोसो घटाउने । यसले तौल त घटाउँछ नै, शरीरको रक्त प्रवाह पनि सुचारु गर्छ ।

ओमेगा ३ फ्याटी एसिड

ओमेगा ३ फ्याटी एसिड शरीरको लागि एकदमै लाभदायक हुन्छ । मांसहारीले यसलाई माछाको माध्यामबाट लिन सक्छन् । माछामा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । शाकाहारीले चाहि बन्दा, फूल गोभी, ओखर आदिको सेवन गर्नुपर्छ ।

पर्याप्त हरियो सब्जी

आफ्नो खानामा सब्जी र फल सामेल गरौ । यसबाट भरपुर मिनरल र भिटमिन मिल्छ । पेट पनि भरिन्छ । यस्ता खानेकुराले पेटमा अतिरिक्त बोसो जम्मा हुन पाउँदैन ।

जंकफूडमा पहरेज

यदि तपाई पेट घटाउन चाहनुहुन्छ भने जंकफूड सेवन पूर्णत बन्द गर्नुहोस् । किनभने यसले तौल बढाउने भूमिका खेल्छ । यससँगै कम चिप्लो, मसलेदार खानेकुरा सेवन गरौ ।

माछाको सेवन

माछाको तेलले पेटको वोसो घटाउने काम गर्छ । माछामा रहेको ओमेगा ३ फ्याटी एसिडले पेटको अतिरिक्त बोसो घटाउने काम गर्छ ।

अन्य उपाय

* बिहान १५ देखि २० मिनेटसम्म आफुलाई सहज हुने हिसाबले दौडनुपर्छ ।

* १५ मिनेट जति व्यायाम गरौ । योग गरौ ।

* दिनभर कार्यलयमा बसेपनि सानोतिनो शारीरिक काम आफै गर्नुपर्छ । अर्थात निस्त्रिmय बस्नु हुन्न ।

* एकसाथ धेरै खानेकुरा सेवन नगरौं । एक पटकमा थोरै थोरै खानेकुरा सेवन गरौ । बरु, धेरै पटक सेवन गरौ ।

* खानामा साग र सलादको मात्रा अत्याधिक हुनुपर्छ ।

* मासुजन्य पदार्थ, दुधजन्य पदार्थ, जंक फूड, मसलेदार, तारेको खानेकुरा सेवन नगरौ ।

* सकेसम्म उसिनेको खानेकुरा सेवन गरौ । साग सब्जी उसिनेर सेवन गरौ ।

* खाना खानसाथ सुत्ने वा दिउँसो सुत्ने गर्दै नगरौ ।

* सकेसम्म राती अबेरसम्म नबसौ । राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गरौ ।

प्रतिक्रिया दिनुहोस