हेर्नुहोस् ,मुखबाट निक्लियो ७ इन्च लामो माछा, के हो त पूरा घटना ?

के तपाईंले कहिल्यै यो सोच्नुभएको छ कि माछा पकड्नु कुनै व्यक्तिको लागि यति खतरनाक हुनसक्छ कि उसको ज्यान नै खतरामा पर्न सक्छ। एक मछुवाको साथमा यस्तै एउटा घटना भयो। यो घटना कोलम्बियाको हो।

२४ वर्षीय एन्गर पेशाले मछुवा हुन्। एन्गर एक तालमा माछा पकड्दै थिए। एउटा माछा समातेर उसको आफ्नो मुखले च्याप्यो ताकी अर्को माछा समात्न सकियोस्। तर त्यो माछा उसको घाँटीमा अड्क्यो।

एन्गरको घाँटीमा माछा फसेको कारण उसलाई सास फेर्न कठिन हुन लाग्यो। जब उसलाई थप समस्याहरू हुन थाल्यो ऊ आफ्नै अस्पताल पुग्यो। जहाँ डाक्टरहरूले एक्स-रे निरीक्षण गरेर हेर्दा देखे कि उसको घाँटीमा माछा अड्किएको थियो। डाक्टरहरूले तुरुन्तै माछा निकाले।

एन्गरको घाँटीमा अड्किएको माछा ७ इन्च लामो थियो। घाँटीबाट माछा निकालेपछि पनि उसलाई एक हप्ता थप उपचारको लागि अस्पतालमा नै राखियो। उक्त माछा मोज्रा प्रजातिको थियो। यो संसारका धेरै तातो क्षेत्रहरूका समुद्री वातावरणमा पाइन्छ। यसको अधिकतम लम्बाई १४ इन्चसम्म हुनसक्छ।

प्रतिक्रिया दिनुहोस