सलमानसंग ब्रेकअप पछि बिक्कीको प्रेममा चुर्लुम्म डुबेकी कट्रिनाको प्रेमीसंगका गोप्य तस्बिर भाइरल, बलिउडमा तरङ्ग

एजेन्सी । कुनै बेला बलिउड नायीका कट्रिना कैफ नायक सलमान खानसंगको प्रेममा रहेको चर्चा थियो । तर अहिले उनीहरु अलग भइसकेका छन् । तर पनि सलमान र कट्रिनाका मित्रता भने कायम नै छ ।

सलमानसंगको प्रेम छुटेपछि अहिले उी नायक बिक्की कौशलसंगको प्रेममा रहेको चर्चा भारतीय मिडियामा चलेको छ । उनी यस अघि रणवीर कपुरसंग पनि नजिक थिइन् । रणवीर अहिले आलियासंग प्रेममा छन् । उनीहरु निकट भविष्यमै विवाहको तयारीमा पनि लागेका छन् ।

यो कुरालाई पुष्टि गर्ने घटना हालै भएको छ । भारतीय मिडियामा कलाकारको प्रेमका बारेमा हुने चर्चा सामान्य नै हो । कलाकारहरू कुनै स्थानमा एकसाथ देखिए भने मिडियामा उनीहरू प्रेममा रहेको चर्चा सुरु हुन्छ ।

बलिउडमा केही समयदेखि नायिका कट्रिना कैफ र नायक बिक्की कौशलको प्रेम चर्चा सुरु भएको छ तर उनीहरुका तर्फवाट कुनै आधिकारीक भनाई भने सार्वजनिक भएको छैन । दुवै जनाले मौनता जनाएका छन् । गतवर्षको तिहारमा एकसाथ एउटा पार्टीमा पुगेपछि उनीहरूबीच प्रेम चर्चा सुरु भएको हो ।

हालै कट्रिना कैफ बहिनी इसाबेलसँग नयाँ वर्ष मनाउन अलिबाग गएकी थिइन् । यतिबेलाको तस्बिर उनीहरुले सोसल मिडियामा सेयर गरिन् । तर केही मिनेटपछि नै यसलाई डिलिट गरियो ।

तर डिलिट गरिएको फोटो प्रशंसकले भाइरल बनाइदिए । ले सुरुमा यो फोटो सेयर गरिन् र पछि डिलिट गरेपछि चर्चाले थप बल पायो जसमा यो भनिँदै छ कि कट्रिना र विकी एक–अर्कालाई डेट गरिरहेका छन् ।

भिकक्याट नामका एक प्रयोगकर्ताले विकी कौशलका नीजि शेफसँग कट्रिना कैफ र उनकी बहिनी इसाबेलसँगको फोटो कोलाज सेयर गरेका छन् । जसमा लेखिएको छ, ‘कट्रिना र उनकी बहिनी इसा, विकी कौशलको पर्सनल शेफसँग, अरु के चाहियो र । प्रमाण नै प्रमाण छ ।’

प्रतिक्रिया दिनुहोस