भ्रष्टाचार बिरोधि सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन ।। हेर्नुहोस शाहीको बायोग्राफी

चर्चित भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन रहेको छ जुम्लामा जन्म लिएका ज्ञानेन्द्र शाही आफ्नो अध्ययन लाई अगाडि बढाऊदै समाजमा भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ऊनले हामो नेपाल हामि नेपाली नामक एक संगठन विस्तार गरेर देशब्यापि भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ।

उनले आवाज मात्र ऊठाएका छैनन् देशब्यापि रुपमा भ्रष्टाचारिलाई कारबाही गरौ सचेत जनताले भनेर हरेक जनतालाई सचेत बनाउदै आइरहेका छ्न । यस्तै आवाज उठाउँदै जादा ऊनले प्रहरिको गिरफ्तार देखि केही पार्टीका कार्यकर्ता को पिटाई समेत खाएका छन।समाज परिवर्तन र भ्रष्टाचार विरुद्धको लडाइँमा होमिएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना ।।

यो पनि हेर्नुहोस

एजेन्सी । एक जना व्यक्तिले छिमेकी महिलासँग शारीरिक सम्पर्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म सुरूङ बनाएको खुलेको छ । डेलीमेलका अनुसार ती व्यक्तिले छिमेकी विवाहित महिलासँग सम्पर्क राख्न त्यो हर्कत गरेको खुलेको हो ।

छिमेकी महिलासँग प्रेम भएपछि उनी सुरूङ बनाउने निर्णयसम्म पुगेपछि उक्त सुरूङ निर्माण पनि गरे । ती व्यक्ति र छिमेकी महिलाको रोचक प्रेम कहानी थियो । जर्ज नाम गरेका व्यक्ति की श्रीमतीसँग उनको प्रेम भयो । त्यसपछि उनीहरू दिनदिनै भेट्नका लागि तयार भए । जर्ज अफिसका लागि घरबाट निस्किएपछि अल्बर्टो सुरूङबाट जर्जकी पत्नीसम्म पुग्थे।

एक दिन जर्ज अफिसबाट चाँडै घर फर्किए । घरमा भएका अल्बर्टोलाई उनले फेला पार्न सकेनन् । तर, घरमा भएको सुरूङ प्रयोग गरी उनी अल्बर्टोको घरसम्म पुगे । सुरूमा अल्बर्टोले यो कहानी कसैलाई पनि नभन्न जर्जलाई आग्रह गरेका थिए । तर, जर्जले यो घटना सार्वजनिक गरिदिएपछि मेक्सिकोभरी यो घटना फैलियो ।

इलाम, २३ माघ । मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लोपहुन लागेका दारका ठेकी बनाउनमा तल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वेकबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् । बाटोको किनारैमा काठका मुढा लडिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर उनले मनग्य आम्दानी गरिरहेका छन् ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै खडानन्द बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त हुन्छन । २५ वर्ष अधिदेखि उनले यो सीप सिकेर पेसामा लागेका सेन्चुरी अहिले सम्म ठेकी बनाएरै बितेको बताउँछन् ।

ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सीमित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन । काठको ठेकी अहिले उनी कति मानाको अधारमा विक्री गर्ने गर्दछन उनी एकमाना जाने ठेकी ३ सय देखि ४ सय सम्ममा बिक्री हुने बताउँछन् । उनले ठेकी बनाउने ठाउमा उनी मात्र होइन अन्य ४-५ जनाले रोजगारी पनि पाएका छन् ।

पहिले पानीघट्टको प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ । पानीघट्टभन्दा विद्युतबाट मेसिन सञ्चालन गर्दा सहज र उत्पादनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ । विद्युतबाट मेसिन सञ्चालन हुन थालेपछि विभिन्न ठाउँमा गएर काम गर्न सहज भएको छ ।

ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहिनेतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।

इलाममा यस अघि कसैले पनि ठेकी नबनाएको र आफुले नदेखेको अहिले देख्न पाउँदा हाम्रो पुस्ता मात्र हैन बुवाहरुको पुस्ताले पनि देख्न पाएको र उहाँहरु यहाँ आएर संस्कृतिको जगेर्ना गरेकोमा खुसी लागेको स्थानीय दुर्गा दुलाल बताउँछन् ।

ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयोगमा कमी आएको छ । हिजोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय बिक्री कम हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । ठेकी बनाउनका लागि दार, कटहर, सिसौ, खिर्रो लगायतका काठको प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस