बादल बिरुद्ध बर्षमानको आक्रोस : चिडियाखानामा थुन्छु भन्नेलाई सडकको गल्लीमा घिसारीन्छ

माघ २४ तनँहु । नेकपा प्रचण्ड माधव समुहका स्थायी समिति सदस्य बर्षमान पुनले गृहमन्त्री राम बहादुर थापाले मांसहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानामा थुन्ने धनी दिएको चेतावनीको काउन्टर गरेका छन् ।

आज तनहुमा कार्यकर्ताहरुलाई संवोधन गर्दै पुनले ओली बादल तानाशाही बन्न खोजेको र त्यस्तो धम्की दिनेलाई आन्दोलन सफल भए पछि सडकको गल्लीमा घिसार्ने प्रतिचेतावनी दिएका छन् ।

युद्ध र क्रान्ति आन्दोलनमा जेलनेल,हत्या सबै सहेर आएका नेता कार्यकर्तालाई नधम्क्याउन भन्दै पुनले संसारका धेरै तानाशाह जस्तै ओली बादलको हविगत हुने दाबी गरे ।
आफूहरु यस्ता धम्कीसँग नडराउने भन्दै पुनले ‘भने केपी

–रामबहादुर थापा गुटको धम्कीले कोही डराएको छैन, हामी डराएका छैनौं’, पुनले भने, ‘ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन् । इतिहासमा कति शासकहरु लतारिए, कति मारिए हामीले धेरै देखेका छौं । प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस् । धम्की नदिनुस् ।’

प्रतिक्रिया दिनुहोस