अनौठो मन्दिरः भूत भगाउन महिलालाई जुत्ताले पानी उभाएर खुवाउन लगाइन्छ

भारतको राजस्थानको दक्षिणी शहर भीलवाडाको बनकाया मन्दिरमा प्रत्येक हप्ता वरिपरिका गाउँबाट सयौं महिलाहरूलाई भेला पारेर भूत भगाउने गरेको भेटिएको छ । भूत चढेको भनी यी महिलाहरूलाई एक मन्दिरमा अमानवीय यातना दिने गरिएको छ ।

झारफुक गर्ने मन्दिरका पुजारीले महिलाहरूको भूत हटाउनका लागि अनेकौं क्रूरता देखाउने गरेका छन् ।महिलाहरूलाई टाउकोमा जुत्ता राखेर तातो घाममा लामो दूरी हिँड्न लगाइन्छ । जुत्ता पनि एकदम घिनलाग्दो हुने गर्छ । अझ महिलाहरू यस्तो फोहरी जुत्ता मुखले च्यापेर ल्याउँछन् अनि मन्दिरमा आएर त्यसबाटै पानी उबाएर पिउँछन् । जुन महिलालाई भूतप्रेतको धेरै समस्या हुन्छ, उसलाई झन् बढी यातना दिने गरिएको छ ।

भूत उतार्नका लागि उनीहरूलाई सिँढीमा क्रूरतापूर्वक घिसार्ने गरिएको छ । भूत चढेको भनिएका महिलाहरू प्रायः मानसिक रोगी हुन्छन् तर उनीहरूलाई मानसिक अस्पताल लानुको साटो अन्धविश्वासमा परेर अनेकौं अमानवीय व्यवहार गरिन्छन् ।

यो पनिपढ़नु होस:काठमाडौं । नेपालमा अहिले धर्म परिवर्तन एक सामान्य विषय भएको छ । लोभ र लालचमा लागेर धर्म परिवर्तन गर्ने र गराउनेहरु सक्रिय भएर लागेका छन् । सनातन धर्मको रक्षा गर्नका लागि पनि धेरै व्यक्तिहरु अगाडि आएका छन् । यस्तै जय मा महाकाली माता पनि धर्म परिवर्तनले धेरै अप्ठ्यारोमा पारेको बताउँनुहुन्छ ।

अहिले नेपालमा भइरहेको धर्म परिवर्तनलाई लिएर उहाँले खेद जनाउनु भएको छ । जीवित महाकाली उत्पती भएको भनेर विश्वास गरिएको सिन्धुपाल्चोकमा ध्यानमा रहनु भएकी माताले हालै जनबोलीसँग धर्म परिवर्तनलगायत आफ्ना व्यक्तिगत कुराहरु पनि खुलाउनु भएको छ ।

काठमाडौ । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसै विषयमा धेरैले विश्वास गर्दै आउनुभएकी सिन्धुकाली मातालेपनि यो अनिष्टको संकेत भएको बताउँनुभएको छ । उहाँले मानिसकै कारण यस्तो भएको खुलासा गर्नुभएको छ । जुन यो भिडियोमा हेर्न सक्नुहुनेछ ।

बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन् ।

थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।

यसअघि २०६२÷०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंश सकिनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस