समुद्र किनारामा मरेको भेटियो यो विशाल जीव, तस्वीर देखेर सबै आश्चर्यचकित

एजेन्सी/ समुद्र अझैसम्म पनि सहस्यमय नै छ। समुद्रभित्रको दुनिया निकै फरक हुन्छ जसले मानिसहरुको ध्यान बेलाबेलामा आकर्षित गर्ने गर्छ। हालै डेभोन इङ्ग्ल्याण्डमा भेटिएको यो विशाल जीवको फोटोले धेरैको ध्यान तानेको छ। इन्टरनेटमा यो विशाल जीवको फोटो निकै भाइरल भएको छ।

यसलाई देखेपछि यो कस्तो जीव हो भन्ने विषयमा धेरै चकित परेका छन्। केहीले यसलाई बलीन ह्वेल भनेका छन्। एक्सपर्टहरुले भने यसलाई फिन ह्वेल भएको बताएका छन् जसको मृत्यु करिब १ हप्ता अघि भएको थियो।

केही दिन पहिले एक व्यक्ति हर्टल्याण्ड क्वेमा समुद्र किनारमा घुमिरहेका थिए त्यही बेला उनको नजर यो विशाल जीवमा पर्‍यो। जीवका एक्सपर्ट रब डेभिलका अनुसार एक वर्षभित्र करिब ६ वटा मरेका फिन ह्वेल भेटिइसकेका छन्।

यो पनिपढ़नु होस:भारतको राजस्थानको दक्षिणी शहर भीलवाडाको बनकाया मन्दिरमा प्रत्येक हप्ता वरिपरिका गाउँबाट सयौं महिलाहरूलाई भेला पारेर भूत भगाउने गरेको भेटिएको छ । भूत चढेको भनी यी महिलाहरूलाई एक मन्दिरमा अमानवीय यातना दिने गरिएको छ ।झारफुक गर्ने मन्दिरका पुजारीले महिलाहरूको भूत हटाउनका लागि अनेकौं क्रूरता देखाउने गरेका छन् ।

महिलाहरूलाई टाउकोमा जुत्ता राखेर तातो घाममा लामो दूरी हिँड्न लगाइन्छ । जुत्ता पनि एकदम घिनलाग्दो हुने गर्छ । अझ महिलाहरू यस्तो फोहरी जुत्ता मुखले च्यापेर ल्याउँछन् अनि मन्दिरमा आएर त्यसबाटै पानी उबाएर पिउँछन् । जुन महिलालाई भूतप्रेतको धेरै समस्या हुन्छ, उसलाई झन् बढी यातना दिने गरिएको छ ।

भूत उतार्नका लागि उनीहरूलाई सिँढीमा क्रूरतापूर्वक घिसार्ने गरिएको छ । भूत चढेको भनिएका महिलाहरू प्रायः मानसिक रोगी हुन्छन् तर उनीहरूलाई मानसिक अस्पताल लानुको साटो अन्धविश्वासमा परेर अनेकौं अमानवीय व्यवहार गरिन्छन् ।

यो पनिपढ़नु होस:काठमाडौं । नेपालमा अहिले धर्म परिवर्तन एक सामान्य विषय भएको छ । लोभ र लालचमा लागेर धर्म परिवर्तन गर्ने र गराउनेहरु सक्रिय भएर लागेका छन् । सनातन धर्मको रक्षा गर्नका लागि पनि धेरै व्यक्तिहरु अगाडि आएका छन् । यस्तै जय मा महाकाली माता पनि धर्म परिवर्तनले धेरै अप्ठ्यारोमा पारेको बताउँनुहुन्छ ।

अहिले नेपालमा भइरहेको धर्म परिवर्तनलाई लिएर उहाँले खेद जनाउनु भएको छ । जीवित महाकाली उत्पती भएको भनेर विश्वास गरिएको सिन्धुपाल्चोकमा ध्यानमा रहनु भएकी माताले हालै जनबोलीसँग धर्म परिवर्तनलगायत आफ्ना व्यक्तिगत कुराहरु पनि खुलाउनु भएको छ ।

काठमाडौ । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसै विषयमा धेरैले विश्वास गर्दै आउनुभएकी सिन्धुकाली मातालेपनि यो अनिष्टको संकेत भएको बताउँनुभएको छ । उहाँले मानिसकै कारण यस्तो भएको खुलासा गर्नुभएको छ । जुन यो भिडियोमा हेर्न सक्नुहुनेछ ।

 

 

बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन् ।

थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।

यसअघि २०६२÷०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंश सकिनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस