३२ वर्षमा पाइला चाल्दै अभिनेत्री स्वेता खड्का

नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । भर्खरै विवाह बन्धनमा बाँधिएर चर्चामा रहेकी खड्का केहि दिन अघि सुष्मा कार्कीसँग भएको लफडाको कारण चर्चामा छिन् ।

चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले यसपछि केहि चलचित्रमा अभिनय गरिन् ।उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो भने ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिट भइन् ।

बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेता केहि बर्ष विक्षिप्त बनिन् विवाह बन्धनमा बाधिँएको हुनाले उनले आफ्नो परिवारसँग जन्मदिन मनाएकी छिन् ।

यो पनिपढ़नु होस:काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरूलाई कुनै पनि पूर्वाग्रह नराखी भूमिसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । सय वर्ष भन्दा पनि पुरानो समस्या समाधान गर्ने जिम्मेवारी तपाईँहरूको काँधमा आएको भन्दै उनले यो समस्या समाधान नभई सुखी नेपाली, समृद्ध नेपाल सम्भव नहुने पनि उल्लेख गर्नुभयो ।

सरकारले केही दिनअघि मात्र नियुक्त गरेका ७७ वटै जिल्लाका आयोगका अध्यक्ष, विज्ञ सदस्य र सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिबी र खाद्य समस्या समाधान गर्न पनि भूमिको समस्या सुल्टिनैपर्ने बताउनुभयो ।

यसअघि भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरूलाई अभिमुखीकरण गरिएको थियो । जसमा उनीहरूको काम, कर्तव्य र अधिकार, कानुनी कुराहरू तथा गर्नुपर्ने समन्वयका क्षेत्रबारे आयोगका विज्ञ सदस्य जगत देउजा र आयोगका उपसचिव अञ्जन न्यौपानेलाई प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी बिहीबार भूमि सम्बन्धी समस्या समाधान आयोगले निर्माण गरेको भूमि समस्या समाधान सूचना प्रणाली भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले शुभारम्भ गर्नुभएको थियो ।

यो प्रणालीले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको आर्थिक अवस्था, पारिवारिक विवरण, जग्गाको विवरण तथा भूमिसँगको सम्बन्धलाई एकीकृत गरी डिजिटलाइज्ड गराउँछ । आयोगले तयार पारेको प्रणालीमा स्थानीय तहले संकलन गरेका तथ्याङ्क र आवश्यक कागजात प्रविष्ट गर्ने व्यवस्था रहेको जानकारी आयोगका विज्ञ सदस्य जगत देउजाले दिए ।

आयोगले स्थानीय तहमार्फत भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी र उनीहरुसँग सम्बन्धित आवश्यक विवरणहरु संकलन गरिरहेको छ । यो प्रणाली लागु भएपछि यसरी प्राप्त तथ्याङ्क विश्लेषण गर्न मद्दत पुग्नुका साथै अव्यवस्थित बसोबासीहरूको जग्गा वर्गीकरणमा समेत सघाउ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस