विश्वविख्यात वैज्ञानिक हकिंगले तोकिदिए पृथ्वीको आयु, अब ६ सय बर्ष मात्र बाँकी !

एजेन्सी । प्रसिद्ध वैज्ञानिक स्टीफन हकिंगले मानव प्रजातिहरु अबको ५ शताब्दीसम्म पनि वास्तविक अन्तरिक्ष प्रजाति नबनेको खण्डमा पृथ्वीबाट नै विलुप्त हुनसक्ने चेतावनी दिएका छन् ।

गत आइतबार चीनको राजधानी बेइजिङमा भएको ‘टेन्सन्ट वेभ समिट’मा भिडियो कन्फ्रेसन्मा हकिंगले बढ्दो जनसंख्या, उनीहरुको आवश्यकता र उर्जा अभावका कारण वर्ष २६०० सम्म पृथ्वी विलुप्त हुनसक्ने चेतावनी दिएको बेलायतको समाचारपत्र ‘द सन’ ले जानकारी दिएको छ ।

द सन’का अनुसार हकिंगले सल्लाह दिएका थिए, ‘हामी सबैले मिलेर काम गरी त्यहाँ जानुपर्छ जहाँ कोही पनि पहिले गएका छैनन् ।’ साथै हकिंगले भिडियो कन्फ्रेन्समा ब्रेक थ्रू ‘स्टारसट’ र यसको क्षमताको बारेमा पनि प्रकाश पारेका थिए । ब्रेक थ्रू मात्र १०० अमेरिकी डलरको एक सानो परियोजना हो जसको उद्देश्य पनि सानै छ ।

केही नगरेर नै असीमित सेल–साधनबाट यसले शक्तिशाली लेजरद्वारा प्रकाशको गतिलाई २० प्रतिशत छिटो बढाइदिन्छ । यस्तो खालको नानोक्राफ्ट १ घण्टा भन्दा पनि कम समयमा मङ्गल ग्रहमा पुग्न सक्छ र सैद्धान्तिक रुपले पृथ्वीको सबैभन्दा नजिक रहकेको ‘एक्सोप्लानेट’बाट पनि आफ्नो उडान भर्न सक्छ । पृथ्वी पछिको सम्भावतः बस्न योग्य ‘प्रोक्सिमा बि’ ९जुन पृथ्वीबाट ४।२ प्रकाश बर्ष टाढा रहेको छ० लाई ‘स्टारसट’ले आफ्नो २० बर्षको अन्तरिक्ष यात्रामा फेला परेको हकिंग र स्टारसटका अन्य टिमले बताए ।

द सन का अनुसार ब्रेक थ्रू स्टार सटका कार्यकारी निर्देशक पिट वर्डेन, नासाका एम्स रिसर्च सेन्टरको पूर्व प्रमुखले बेइजिङ शिखर सम्मेलनमा बोल्दै भनेका थिए, ‘यदि सबै कुरा सहि गयो भने यो शताब्दीको अन्यतिर हामीसँग बस्न मिल्ने अर्को ग्रहको पनि तस्बिर हुनेछ जुले नजिकको ताराको परिक्रमा गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस