विश्व चकित हुने भिखारी : माग्दा माग्दै ११ करोड खातामा जम्मा भयो, आखिर वेवारिसे बनेर मरे !

बेरूत । मानिसले बाँच्नको लागि अनेक गर्नुपर्छ । केहि काम गरेर होस वा मागेर भए पनि मानिस आफ्ना जिन्दगी बाँच्न सक्छ । आज हामी तपाईलाई त्यस्तो माग्नेको बारेमा जानकारी गराउँदैछौं जुन कुरा जानेर तपाईलाई आश्चर्य लाग्नेछ ।

हो, लेबनानको सडकमा भिख माग्दै वस्ने फातिमा ओथामानको जिन्दगी अजिब भएर वित्यो । उनले आफ्नो सम्पूर्ण जीवन भिख मागेर नैं विताइन । अहिले उनको मृत्यु भइसकेको छ अब उनलाई एक कफन र सानो भूमि भन्दा बढी केहि चाहिँदैन ।

फातिमा नागरिक युद्धमा शारीरिक रूपमा असक्षम भएकी थिइन र उनले आफ्नो हात र खुट्टाहरू प्रयोग गर्न सक्दैन्थीन । स्थानीय प्रहरीले ५२ वर्षीया फातिमाको शरीर बारबीर जिल्लाको एक बेवारिसे कारमा फेला पारेको थियो ।

उनको साथबाट प्रहरीले स्थानीय बैंक को चेक पनि पनि फेला पारेको जनाएको छ । उनको खातामा मर्नु पुर्व झण्डैं ११ लाख डलर अर्थात नेपाली ११ करोड भन्दा धेरै रकम रहेको जनाएको छ । फातिमाको हालैं ह्दयघातका कारण मृत्यु भएको हो ।

उनीसँग यति धेरै रकम भएको कुरा थाहाँ पाएर उनका परिवारजन आश्चर्यचकित भएका छ । प्रहरीले लेबनानको शहर अल जाबियाको उत्तरमा फातिमाको परिवारलाई जिम्मा लगाएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस