मान्छे गा’डि’एको आशंकापछि खोज तलास गर्दा जे भेटियो प्रहरी पनि चकित्

एजेन्सी । कहिले काँही अनावश्यक शंकाले मानिसलाई दुख दिने गरेको छ । हालै बेलायतमा त्यस्तै भएको छ । प्रहरीलाई मानिसको शव फेला परेको भन्दै महिलाले फोन गरिन् ।

बेलायती शहर गेट्सहेडमा प्रहरी चौकीमा महिलाको फोन आएपछि खोज तलास गर्न प्रहरी घटनास्थलमा पुगे । शव गा’डि’एको आशंका गरिएको ठाउँमा खनेर प्रहरीले हेरे । तर जे भेटियो प्रहरी पनि चकित् परे ।

ठ्याक्कै मान्छेको औंला जस्तो देखिएको त्यो बस्तु आलु फलेको भेटिएको छ। यसैहप्ताको मंगलबार बिहानै कुकुरलाई साथमा लिएर मर्निङवाक जाँदै गर्दा एक महिलाले मान्छेको खुट्टाको बुडीऔंला जस्तो हिलोमा गा’डि’एको देखिन्।

उनले त्यहाँ मान्छेलाई गा’डि’एको भन्दै प्रहरीलाई खबर गरिन् । प्रहरीलाई उनले तस्बिर समेत पठाए। तर प्रहरीले गएर अनुसन्धान गर्दा उक्त बुडीऔंला जस्तो देखिने बस्तु आलु भएको पत्ता लगाए।

आलुमा च्याउ फल्न लागेकाले त्यो ठ्याक्कै मान्छेको बुडीऔंला जस्तो देखिएको रहेछ। यद्यपी नर्थअम्बरियाका प्रहरीले ती महिलाले राम्रो काम गरेको बताएका छन्।

जब समाजमा अराजकता बढ्छ, ब्यक्तिहरुले अनाहकमा दुख पाउने गर्छन् । यस्तै घटना भारतमा भएको छ । त्यहाँको हैदराबाद शहरबाट एउटा अचम्मको खबर आएको छ ।

यो पनिपढ़नु होस:त्यहाँ एक व्यक्तिको शव सडकमा फेला परेको सूटकेसमा भेटिएको छ । पुलिसले अनुसन्धानमा उसको पहिचान गरेको छ ।हैदराबादको राजेन्द्र नगर स्थित डेरी फार्म रोड नजिकै त्यसै छोडिएको सुटकेस थियो । कसैले दावी नगरेपछि प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए ।

जब पुलिस घटनास्थलमा पुगे, सूटकेस भित्र एक व्यक्तिको शव भेटियो । कसको शव हो भनेर थप अनुसन्धानका लागि प्रहरीले खोजी गरेको छ । उनको नाम रियाज भएको र उक्त युवक चन्द्रयानगरको निवासी भएको प्रहरीले जनाएको छ ।

हैदराबाद पुलिसले यो सम्पूर्ण घटनाको कारण र यसमा लागेका मानिसको खोजी गर्न सुरु गर्यो । त्यस्तै घटना शुक्रबार हैदराबाद एयरपोर्ट नजिकै देखिएको थियो, जहाँ पुलिसले एक महिलाको शव फेला पारेका थिए ।

यो जानकारी पुलिसलाई त्यहाँबाट आएका मानिसहरूले दिएका थिए । यस घटनामा पनि पुलिसले एफआईआर दर्ता गरेको छ र एयरपोर्टको सीसीटीभी फुटेज खोजीमा संलग्न छ ।थाहा भए अनुसार केटीको शव जलेको अवस्थामा थियो र घटनाको पछाडि कसको हात छ भन्ने थाहा भै सकेको छैन

प्रतिक्रिया दिनुहोस