६७ वर्षका ‘भजन सम्राट’ अनूप जलोटाले गरे ३० वर्षीया मोडल जसलीनसँग विवाह ? फोटो भाइरल

एजेन्सी / भारतमा भजन सम्राट भनिने अनुप जलोटा र मोडल–नायिका जसलीन मथारुका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् । यी तस्बिरमा अनुप शेरवानीमा सजिएका छन् भने जसलीन मथारु पनि दुलहीको रुपमा सजिएकी छिन् । दुबै बेहुला–बेहुलीको पहिरनमा छन् । तस्बिर हेर्दा यस्तो लाग्छ कि यसलाई घरभित्रै खिचिएको छ ।

यद्यपि, तस्बिर हेर्दा जसलिनले अनूपसँग विवाह गरेको नै हो भनेर यकिन भने हुँदैन तरपनि यी दुईको यो फोटोले सोसल मिडियामा निकै चर्चा भने कमाइरहेका छन् ।

ती तस्बिर जसलिनले नै आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् । तर तस्बिर सेयर गर्ने बेला उनले कुनै क्याप्सन भने लेखेकी छैनन् ।

स्मरण रहोस् टिभीको सबैभन्दा वि’वादास्पद शो बिग बस सिजन १२ मा प्रतिस्पर्धी रहेका अनूप जलोटा र जसलिन मथारुको त्यतिबेला निकै चर्चा भएको थियो । यी दुई पार्टनरको रुपमा कार्यक्रममा आएका थिए र दुबैको प्रेमको कथा निकै चर्चामा आएको थियो ।

यद्यपि, कार्यक्रमबाट बाहिरिएपछि उनीहरुले आफूहरु कुनै पनि प्रकारको सम्बन्धमा नरहेको बताएका थिए । दुबैले आफूहरुबीच गुरु र शिष्यको मात्र सम्बन्ध रहेको बताएका छन् ।

भाइरल भइरहेको तस्बिरमा अनूप र जसलिनको तर्फबाट अहिलेसम्म कुनै स्पष्टिकरण आएको छैन । तसर्थ, दुबैले साँच्चैको विवाह गरेका हुन् वा यो ‘सस्तो पब्लिसिटी स्टन्ट’ हो, यकिन हुन सकेको छैन ।

अनूप जलोटाले तीन विवाह गरेका छन् । उनकी जेठी श्रीमतीको नाम सोनाली सेठ थियो । उनी पनि व्यावसायिक रुपमा गायिका थिइन् । दुबैले सँगै थुप्रै प्रस्तुती पनि दिएका थिए । उनीहरुले अनूपको परिवारको सहमति बिना विवाह गरेका थिए । पछि उनीहरुको स’म्बन्धविच्छे’द भएको थियो ।

बिना भाटियासँग अनूपले दोस्रो विवाह गरेका थिए । तर यो सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । त्यसपछि अनूपले तेस्रो विवाह मेघा गुजरालसँग गरे । मेघा निर्देशक शेखर कपूरकी जेठी श्रीमती र पूर्व पीएम आईका गुजरालकी भाञ्जी थिइन् ।

अनूपले इजराइली मोडल रिना गोलनलाई डेट गरिसकेको पनि खबर छ । रिनाले एउटा किताब लेखेकी थिइन् ‘डियर मिस्टर बलिउड’ । यसमा उनले अनूप जलोटासँग भेटघाट र सम्बन्धबारे बयान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस