कलेजोमा हुने रोगदेखि पाइल्ससम्म ठीक पार्छ करेलाले

करेलाको स्वाद तितो भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । करेलामा बढी मात्रामा औषधीय गुण पाइने हुनाले यसले अनेक रोगसँग लड्न सहयोग गर्छ ।

करेला सजिलैसँग पच्ने तरकारी हो । करेलामा फोस्फोरसको मात्रा अधिक हुन्छ र यसले कफको समस्या हटाउँछ । करेलामा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ ।

कफको समस्या भएका मानिसले करेलाको सेवन गर्नु लाभदायक हुन्छ । करेलामा फोस्फोरस पाइने भएकाले यसले कफको समस्या कम गर्छ । दमको रोगीले बिना मसला हालेको करेलाको तरकारी सेवन गरेमा राहत हुन्छ ।

कलेजोसम्बन्धी विरामीका लागि करेला निकै लाभदायी मानिन्छ । करेलाले रगतलाई शुद्ध बनाउने काम गर्ने चिकित्सकहरु बताउँछन् । यसको प्रयोगले शरीरमा हेमोग्लोबिनको मात्रालाई बढाउँछ ।पाइल्सको समस्या भएका व्यक्तिले करेलाको रसमा शख्खर मिसाएर १ महिनासम्म सेवन गर्ने गरेमा पाइल्स निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस