झाँक्रीले घरको गेट खोलेकी छैनन, उनको पक्षमा बाहिर कार्यकर्ताको नाराबाजी, व्यापक प्रहरी तैनाथ

माघ २९ काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा प्रचण्ड माधव समुहकी नेत्री राम कुमारी झाँक्रीलाई पक्रन ठूलो संख्यामा प्रहरी उनको निवासमा पुगेको थाहा पाए

पछि नेकपाका कार्यकर्ता पनि उनको निवासमा जम्मा भएर नाराबाजीमा उत्रिएका छन् । कार्यकर्ताहरुले रामकुमारी झाँक्री हाई हाई, केपी वली वाईवाईको नाराबाजी गरीरहेका छन् ।

शुरुमा सादा पोशाकका प्रहरी त्याहाँ पुगे पछि कार्यकर्ताहरु जम्मा भएर नाराबाजी गर्न थाले पछि अन्य प्रहरी पनि तैनाथ गरिएको छ । झाँक्रीको घरमा अहिले सम्म गेट खोलेर प्रहरी भित्र भने जान सकेको छैन ।महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछका लागि बोलाएको थियो । तर उनी नगए पछि प्रहरी निवासमै पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस