भाइरल भएको यी तस्विरहरुले गहिरो सन्देश दिएको छ, यसको भिडियो त उपस्थित मानिसहरुलाई रुवाएको थियो

एजेन्सी । समाजिक सँजालहरुमा अहिले भाइरल भएको केही तस्विरहरु र एक भिडियोले अहिले सबैलाई भावुक बनाएको छ । पाकिस्तानमा भएको एक फेशन शोको क्रममा उपस्थिति मानिसहरुलाई एकाएक बेआवाज बनायो ।

अली शीशनको भर्खरको फेशन वाकले मानिसहरूलाई फेशन स्टेटमेन्ट मात्र प्रदान गरिरहेको थिएन, फेशनको मँचमा व्यक्तिको लागि कडा सन्देश पनि थियो। खासमा, त्यसबेला मँचमा एक उमेर नपुगेकी किशोरी र त्यसमाथि दाईजो (दहेज) को भारी बोझले पीडीत देखिन्छन् ।

फेशन शो को लागि डिजाईनरले मानिसहरूलाई दाईजो (दहेज) माग्ने र दिने अभ्यास रोक्न आग्रह गर्ने खाले मँचन गरेपछि त्यहाँ उपस्थित मानिसहरु अवाक्क भएका थिए । एक जवान युवति ९केटी०, जो अझै उमेर पाएकी छैन, भारी दुलहीको लुगा, मेकअप र गहनाले भरिएको एउटा रनवेमा गाडी भरिएको कार्ट तान्दै देखिन्छन् ।

पारम्परिक अर्थमा शोस्टोपर होइन, तर यो दृश्यले मानिसहरूलाई विराम गराएको थियो। पाकिस्तानमा चलेको एक फैशन सप्ताहको क्रममा अलि शिशन थिएटर स्टुडियोले प्रस्तुत गरेको विषय भने दाईजो प्रथाको हो ।

वर्तमान समाजमा पनि एक उमेर नै नपुग्दै किशोरीलाई वश्यक उमेरका व्यक्तिसँग विहेबारी गरेपछि उनको अगाडीको जीवनको बारेमा कडा सन्देश समेत दिएको छ । जो किशोरी दुल्हा, दाईजो, पीडाको बोझ थाम्न सक्ने अवस्थामा देखिदैनन् । गाडी भरेर उनको वुवाआमाले दिने दाईजोको दृश्य र ब्याकग्राउण्डमा बजेको म्यूजिकले सबैलाई रुवाएको थियो ।

पाकिस्तानमा दाईजो प्रथाको कुरुपतालाई फैशन शो मार्फत दर्साएको छ जो भिडियो अहिले समाजिक सँजालमा निकै भाइरल बनेको छ । फैशन शो चलिरहँदा उपस्थित मानिसहरुलाई तत्कालै भावुक बनाएको थियो ।

डिजाईनर अली शीशानले युएन महिला पाकिस्तानसँग दाइजोको मुद्दालाई उजागर गर्न साझेदारी गरे र उनले पेन्टेन हम ब्राइडल कउचर वीक र इन्स्टाग्राममा सहयोगको अनावरण गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस