झाँक्रीलाई तत्काल रिहा नगरे ७७ जिल्लाबाटै विरोधकोआँधीहुरी सिर्जना गरिन्छः राष्ट्रिय युवा संघ

काठमाडौं, २९ माघ । प्रचण्ड–नेपाल निकट नेकपा निकट राष्ट्रिय युवा संघले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे ७७ वटा जिल्लाबाटै विरोधको आँधीहुरी सिर्जना गर्ने चेतावनी दिएको छ ।बिहीबार संयोजक रामप्रसाद सापकोटा दीपशिखाद्वारा जारी विज्ञप्तिमा झाँक्रीलाई तत्काल रिहा नगरे ७७ वटा जिल्लाबाटै आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिइएको छ ।

‘७७ वटै जिल्ला कमिटीहरुले यसै विज्ञप्तिलाई आधार मानी आन्दोलनको आँधीबेरी सिर्जना केन्द्रीय कार्यालय निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरङ्कुश कामचलाउ सरकारको हतास मानसिकताको उपज हो ।

कमरेड झाँक्रीलाई विनाशर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रूपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौं । उक्त आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार प्रतिगामी, निरंकुशतावादी कामचलाउ केपी ओली सरकार रहनेछ ।’

प्रतिक्रिया दिनुहोस