८ महिनामा ६ जनासँग बिहे गरेर लुट’पाट, यसरी खु’ल्यो रह’स्य

एजेन्सी । बिहेको दुई दिनपछि दुलही माइत जान्छिन् । उनीसँगै उनका श्रीमान पनि जान्छन् । बीच बाटोमा पुगेपछि दुलाहालाई केही गडबडी छ कि भन्ने आशंका हुन्छ, तर उनलाई शंका हुने बेलासम्म उनको ज्यान लिने योजना बनिसकेको हुन्छ ।

भोलिपल्ट रुखमा पासो लगाएको अवस्थामा युवकको शव फेला पर्छ । त्यसपछि थाहा हुन्छ ती युवकले लुटेराको समूहबाट परिचालित युवतीसँग पो बिहे गरेका रहेछन् ।७ दिनअघि भारतको मध्य प्रदेशस्थित रतलाम जिल्लाको सैलानानजिक ती युवकको शव भेटिएपछि प्रहरीले दुलही र उनको लुटेरा समूह बारे पत्ता लगाउँछ ।

मीनाक्षी नामकी युवतीले सर्वसाधारणलाई लुट्न राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश लगायतका कयौँ ठाउँमा यस प्रकारको झुठो बिहे गरिसकेको प्रहरीले पत्ता लगाएको छ । सैलानामा ७ दिनअघि २९ वर्षीय महेन्द्र नामका युवकको शव भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा उनको ज्यान पत्नी मीनाक्षीले गरेको खुलेको थियो । जसको बिहे दुई दिनअघि मात्रै भएको थियो । ज्यान लिएपछि मीनाक्षी आफ्नो लुटेरा गिरोहसँग फरार भइसकेकी थिइन् ।

महेन्द्र र मीनाक्षीको बिहे एक म्यारिज ब्युरोको माध्यमबाट भएको थियो । बिहेका लागि मीनाक्षीका फर्जी भाइले साढे दुई लाख रुपैयाँ लिएका थिए । उनीहरुको बिहे परम्परागत रुपमा र अदालती प्रक्रियाबाट पनि भएको थियो ।

बिहेको दुई दिनपछि मीनाक्षीको नातेदार बनेर आएका ४ जनाले महेन्द्रलाई आफ्नो गाडीमा बसालेर लगेका थिए । त्यसको भोलिपल्ट महेन्द्रको शव सैलाना नजिक एउटा रुखमा पासो लगाएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै मीनाक्षीको मोबाइल नम्बर ट्र्याक गरेर इन्दौरबाट गिरफ्तार गर्यो । प्रहरीका अनुसार तीन वर्षअघि आफ्ना पतिसँग सम्बन्ध बिग्रिएपछि मीनाक्षी आफ्नो माइत गएको र त्यसपछि यस्तो काममा लागेको बताएकी छन् ।

यसअघि मीनाक्षीको भेट उत्तर प्रदेशका पुष्पेन्द्र दुबे नामका युवकसँग भयो । बिहे गरेको नाटक गरी ठगी गर्ने मामिलामा उनलाई भाई गजेन्द्रले पुरोहित बनेर सहयोग गरेका थिए । यो काम गरे बापत मीनाक्षीले लुटेरा समूहसँग पैसा लिने गरेकी थिइन् । मीनाक्षीसँग प्रहरीले लिएको बयान अनुसार उनले ८ महिनामा ६ वटा बिहे गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस