प्रहरी अफिसर बन्न म्यानेजरको नोकरी छोडिन्, न त प्रहरी बनिन् उल्टै भयो यस्तो हालत

एक महिलाको छदाँ खाँदाको जिन्दगी बरवाद भएको छ । यसको कारण भने उनी आफैं हुन् ।उनको मानव संसाधन प्रवन्धकको जागिर थियो, प्रहरी बन्न त्यो जागिर छोडिन् तर प्रहरी अधिकृत बन्न नसकेपछि सडकमा पुगिन् ।

यो भारतको घटना हो । हैदराबादकी युवतीले प्रहरी बन्न बहुराष्ट्रिय कम्पनीको एचआर प्रबन्धकको जागिर छोडेकी हुन् ।प्रहरी बन्न नसकेपछि उनमा मस्तिष्क रोग बढ्दै गयो र सडकको फोहोर टिपेर हिड् थालिन् ।

आठ महिना अघि उनले घर छोडिन् । घर छोडेर, यता उति गर्दै र सडकमै खाँदै, हिड्दै गर्दा, उनी डेढ हजार किलोमिटर टाढा हैदराबादबाट गोरखपुर पुगेकी थिइन् ।

हिन्दुस्तान टाइम्सको समाचारका अनुसार वारलाल निवासी रजनी तोपा जुलाईमा गोरखपुरको तिवारीपुर प्रहरी चौकी नजिक फेला परेकी थिइन् ।उनी डस्टबिन नजिकै राखिएको सुख्खा भात खाइरहेकी थिइन् ।

त्यहाँ उपस्थित व्यक्तिहरूले यसबारे प्रहरीलाई खबर गरे । पुलिस घटनास्थलमा आइपुगेपछि उनीहरूलाई देखेर उनले धाराप्रवाह अंग्रेजी बोल्न सुरु गरिन् ।

उनी पनि अलि अलि हिन्दी बोल्छिन् । पुलिसकर्मीले उनलाई महिला मातृत्व चैरिटेबल फाउन्डेशनमा हस्तान्तरण गरे । रजनीको उपचार संस्थानमा शुरु भयो जसले उनको अवस्था सुधार गर्‍यो ।

रवजीको घर पत्ता लाग्यो र सम्पर्क गरियो । उनका बाबुका अनुसार रजनीले नागरिक सेवा परीक्षा दुई पटक दिइन् तर दुई पटक असफल भइन् ।यस पछि उनी डिप्रेसनमा बस्न थालिन् । उदासीनताबाट जोगिन उसले मानव संसाधनका लागि काम गरिन् तर उसले जागिर पनि छोडिन् ।

प्रतिक्रिया दिनुहोस