संसारकै होचा जोडी जो यति प्रेमिल छन् (फोटो फिचर)

एजेन्सी– माया भन्ने चिज संसारमै विचित्रको हुन्छ । न त उमेरले छेक्छ न त उनीहरुको शारीरिक वनावट र रुप-रंगले नै । हाल एक जोडी चर्चामा छन् । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । उनीहरुको प्रेम सम्बन्ध निकै प्रगाढ छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध शुरु भएको जनाइन्छ ।

३० वर्षीया पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् । मन परेपछि पाउलोले होसिनोलाई पर्पोज गरेका थिए।

त्यतिखेर उनले मन नपराए पनि त्यसको १८ महिनापछि प्रेम प्रस्तावलाई स्वीकारेकी थिइन् । त्यसपछि उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नो लागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् ।


यो पनिपढ़नु होस:एकसाथ मिलाएर खान नहुने ५ फलफूल
हरेक फलफूलको सेवन स्वास्थ्यकालागि लाभदायक मानिन्छ । फलफूलमा हाम्रो शरीरमा चाहिने पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । तर कतिपय अवस्थामा भने फलफूलले हाम्रो शरीरलाई फाइदा गर्दैन ।

यदि सही फलफूलको मिश्रण हुन नसकेमा यसको सेवन विषाक्त बन्छ र यसले शरीरमा क्षती पुर्याउँछ । के के हुन् त्यस्ता फलफूल ?

१. दुध र सुन्तला
सुन्तला वा सुन्तलाको जुससँग दुध एवम् दुधजन्य परिकार मिलाएर खानु स्वास्थ्यकालागि हानिकार हुन्छ । यसले पाचनयन्त्रमा समस्या निम्त्याउँछ ।

२. अम्बा र केरा
अम्बाको सेवन स्वास्थ्यकालागी लाभदायक मानिन्छ । यसका साथै केराको सेवन पनि लाभदायक नै हुन्छ । तर, अम्बा र केराको मिलाएर खाइयो भने यसले टाउको दुख्ने, पेट दुख्नेलगायको समस्या हुनसक्छ ।

३. मेवा र कागती
कतिले स्वादका लागि मेवाको सेवन गर्दा कागतीको रस मिसाएर खाने गर्छन् । तर यसले शरीरमा हानी गर्छ । कागती र मेवाको रस मिसाएर सेवन गर्दा हेमोग्लोबिन सम्वन्धी समस्या समेत आउन सक्छ । विशेषगरी बच्चालाई मेवा र कागती मिलाएर ख्वाउनु हुदैन ।

४. दुध र भूँइकटहर
दुध र भूँइकटर आपसमा मिसाएर खानु हुदैन । एकै पटक यी फल खाएमा यसले पाचनतन्त्रमा समस्या निम्त्याउन सक्छ ।

५. सुन्तला र गाजर
सुन्तला र गाजर अलग अलग खानु स्वास्थ्यकालागी लाभदायक हुन्छ । तर, यी दुईको मिश्रण भने हानिकारक हुन्छ । यसले शरीरमा गम्भीर हानी पुर्‍याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस