छोरी अब मेरो मृ’त्यु छिटो हुदै छ भन्दै बाबुले गरे अन्तिममा १६ महिनाकी छोरीको विवाह, भावुक बनाउने तस्विरहरू

काठमाडौं – विश्वमा बिभिन्न अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कुनै यस्ता घटना हुन्छन् जुन पत्याउन मुस्कील पर्छ तर सत्य हुन्छन् । यस्तै लण्डनमा एक अनौठो घटना घटेको छ ।

लण्डनमा आफ्नै बुबाले १६ महिनाकी छोरीको विवाह गरिदिएका छन् । सुन्दा पनि अनौठो लाग्ने एन्डी बनार्ड नाम गरेका पिताले १६ महिनाकी छोरीको विवाह गरे लगत्तै तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका छन् । सायद जो कोहिलाई पनि सुन्दा अचम्म लाग्न सक्छ ।

आफुलाई ब्रेन क्यान्सर र मिर्गोलामा क्यान्सर भएका कारण ति पिताले आफ्नी जम्मा १६ महिनाकी छोरीको विवाह गर्ने निर्णय गरेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् ।

बाबु एन्डीलाई गम्भिर प्रकृतिको क्यान्सर देखिएपछि आँफु मृ/त्युको मुखमा पुगेको भन्दै छोरीको विवाह आफ्नै हातले गरिदिने इच्छा पुरा गर्नका लागी यस्तो कदम चालेको उनले बताए । एन्डीले भने मेरो कुनै समय पनि मृ/त्यु हुन सक्छ त्यसै कारण म १६ महिनाकी छोरीको विवाह गर्ने निश्कर्षमा पुगे ।

डाक्टरहरुले अब निको नहुने संकेत गरेसंगै बुबा आमाले घरमा ल्याएर पापीसँग केही रमाइला क्षण बिताउने निधो गरेर कहिल्यै नबिर्सने गरी विवाह गरिदिने योजना बनाएका थिए । एन्डीले छोरीको विवाह गर्ने सोच बनाएकोले त्यहि सोच पुरा गर्न यो वैवाहिक कार्यक्रम राखेको बताए । अन्य मानिसहरुले पनि छोरीको सम्झना गरुन भनेर रमाइलो गरिदिएको पापीको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस