साढे ६ महिनाको शिशुको पेटमा जे देखे डाक्टर नै झस्किए, समाचारले दुनियाँ तरंगित

काठमाडौं ।

बुधवार, डाक्टरहरूले भारत, बिहार राज्यको बक्सर जिल्लामा बस्ने मोइनुद्दीनका साढे छ महिनाको छोरा इरफानको पेटबाट साढे आठ महिनाको भ्रुण निकालेका छन् ।

शिशु विभागका एचओडी अमरेंद्र कुमारसँगै अन्य १५ डाक्टरहरूको टोलीले दुई घण्टामा शल्यक्रिया गरे र भ्रुण निकालेका हुन् । भ्रुणको पेट, हात र टाउको विकसित भएको थियो, तर कुनै पल्पिटेशन्स थिएन । अल्ट्रासाउन्ड गर्दा पेटमा ट्यूमर भएको अनुमान गरिएको थियो ।

मोइनुद्दीनको परिवार उनको छोराको बारेमा चिन्तित थिए । बच्चाको पेटमा समान दुखाइ थियो । पेट फुलेको थियो । २० जनवरीमा उनी पीएमसीएचमा भर्ना भए । सीटी स्क्यान र अल्ट्रासाउन्ड गर्दा पेटमा एक ट्यूमर देखा परेको थियो। जब अपरेशन गरियो तब त्यो एक मानव भ्रूण भएको कुरा फेला पर्‍यो । बुधबार बेलुका साँझ बच्चा होस फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस