यसरी प्रेमीसँग रोमान्स गर्दै छिन धिरेन्द्र शाहकी कान्छी छोरी (तस्बिर सहित)

अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना शाह ‘बुब्बा शाह’ सामाजिक सञ्जालमा क्रियाशिल भइरहन्छिन् । उनी युट्युबर पनि हुन् । उनले आफ्ना गतिविधिको भिडियो युट्युबमा अपलोड गर्छिन् । इन्टाग्राम र युट्युबमा उनी बढी देखिन्छिन् ।

मोटी भएकोले जिउ घटाउनका लागि उनले निकै प्रयास गरिरहेकी छन् । उशाना धिरेन्द्र शाहकी कान्छी श्रीमती सर्लिन ग्रेनेकी छोरी हुन् । धिरेन्द्र शाह राजा महेन्द्र शाहका कान्छा छोरो हुन् । धिरेन्द्रले तीन विहे गरेका थिए । उनकी तीन श्रीमतीबाट ५ जना छोरीहरु छन् ।

जेठी श्रीमती प्रेक्षा शाहबाट तीन, माइली जया पाण्डेबाट एक र कान्छी सर्लिन ग्रेनेबाट उशाना शाहको जन्म भएको हो । धिरेन्द्रकी कान्छी श्रीमती बेलायतकी हुन् । उशाना प्राय बेलायत नै बस्छिन् । र उनले आफ्नाे इन्टाग्राममा प्रेमीसँग मस्ती गरिरहेको तस्बिरहरु पनि राखेकी छन्।

यो पनि : श्रीलाई छोएर गरेको वाचा यसरी भुलिन् स्वेताले
२०७२ सालमा गएको विनाशकारी महाभूकम्पका कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा रहेको भिमटार माझी बस्ती ध्वस्त भयो । भूकम्पले भत्किएको घरले घाम र पानी छेक्न नसक्ने देखेपछि अभिनेत्री श्वेता खड्का मन कुँडियो । स्वर्गीय श्रीमान श्रीकृष्ण श्रेष्ठ जन्मिएको ठाउँ भएकाले उनले २०७४ सालमा त्यहाँका ५३ घरधुरीलाई नयाँ घर बनाइदिने घोषणा गरिन् ।

श्वेता श्री फाउण्डेशनमार्फत २०७४ जेठबाट एकीकृत माझी बस्ती निर्माण सुरु भएको थियो । २०७५ सालको तिहारभित्र माझी समुदायलाई बस्ती हस्तान्तरण गर्ने योजना अनुसार काम अगाडि बढे पनि अझैसम्म बस्ती निर्माण पूरा भएको छैन । ३५ भन्दा बढी घरमा छानो समेत हालिसकिएको माझी बस्ती तीन वर्षसम्म पनि निर्माण नभइसक्दा अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यही माघ २० गते श्वेताले फेसबुक एक स्टाटस लेख्दैमा माझी बस्ती निर्माणका लागि सहयोग रकम घोषणा गर्ने दाताबाट सहयोग प्राप्त नभएको र सो बस्तीले ऋण बोकेर बसेको बताएकी थिइन् । तर, यो स्टाटसले उनीमाथि नै प्रश्न सोझ्याएको छ । आफ्नो विवाह र पार्टीमा करोडौं खर्च गरेर माझी बस्ती चाहिँ ऋणमा डुबेर निर्माण रोकिएको भन्नु औचित्यहिन रहेको कतिपयको तर्क छ

प्रतिक्रिया दिनुहोस