अ’तिक्रमण गरेर जग ख’न्दा मन्दिरको संरचना भेटियो

बनेपा : अ’तिक्रमण गरेर जग खन्दा मन्दिरको संरचना भेटिएको छ । काभे्रको बनेपा नगरपालिका वडा नं ५ र ७ को सिमानामा पर्ने तीनधारा क्षेत्रमा खाली रहेको सार्वजनिक जग्गामा व्यक्तिले अ’तिक्र’मण गरी टहरा बनाउन जग ख’न्दा मन्दिरको संरचना भेटिएको हो ।

जग खन्दा मन्दिरको बसाह भेटिएपछि बनेपा नगरपालिका र पूरातत्व विभागले खोजी सुरु गरेको छ ।एक साताअघि बसाह भेटिएपछि स्थानीयले निर्माण कार्य रो’केर त्यसको थप खोजी गर्न ध्या’नाकर्षण गरेका थिए । स्थानीय ज्येष्ठ नागरिकहरूले सो ठाउँमा तलेजु भवानीको मन्दिर रहेको दाबी गरेका छन् ।

नगरपालिकाका ७ नं का वडाध्यक्ष वर्ण शाक्यले भेटिएको संरचनाले त्यो ठाउँमा कुनै बहाल वा चोक थियो भन्ने देखिएको जानकारी दिए ।शाक्यहरूको गुठीमा रहेको ताडपत्रमा सो मन्दिरको विषय उल्लेख वडाअध्यक्ष शाक्यले बताए।

पछिल्लो समय मन्दिरको संरचना भेटिएपछि निर्माण रोकेर त्यसको ऐतिहासिकता एवं सांस्कृतिक महत्वको खोजी सुरु गरिएको वडाध्यक्ष शाक्यले जानकारी दिए ।खोजीको क्रममा बहालको चोकमा राखिने चन्द्राकार संरचना समेत भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस